Comments Add Comment

पूर्वरानी कोमल बिरामी, गोलीको छर्राले दुःख दियो

फाइल तस्वीर
फाइल तस्वीर

१० कात्तिक, काठमाडौं । पारस थाइल्यान्डमा पक्राउ पर्दा यता पूर्वरानी कोमल बिरामी परेकी छन् । दरबार हत्याकाण्डमा लागेको गोलीको छर्राले उनलाई दुःख दिन थालेको हो । छर्रा निकाल्न कोमल एक पटक सिंगापुर र एक पटक बेलायतसम्म पुगेकी थिइन् ।
छर्रा निकाल्दा झनै हानी हुने सल्लाह चिकित्सकले दिएपछि उनले छर्रा निकालेकी थिइनन् । तर, अहिले ती छर्राहरु पहिलेको ठाउँबाट केही पर सरेका छन् । मुटुको नजिकसमम छर्रा पुग्न लागेको डाक्टरहरु बताउँछन् । त्यसबाट कोमलको छातीमा असजिलो महसुस भएको राजधानीमा खबर छ । छाउनी अस्पतालमा डा. किशोर राणाले उनको स्वास्थ्य उपचार गरिरहेका छन् । चिकित्सकहरुले एकदुई महिनामै भारत गइ उपचार गर्नसमेत सुझाव दिएको स्रोतले बताएको छ ।
छातीमा छर्राहरुले दुःख दिएपछि गत वैशाखमा पूर्वराजा ज्ञानेन्द्र एक्लै धरानको कुम्भ मेला गएका थिए । त्यसको केही दिनपछि मात्र कोमल ज्ञानेन्द्र बसेको ठाउँ सिमरा पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment