Comments Add Comment

सोमबारका छापामा मुख्य खबर

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले नेपालले सिंगापुरलाई १९० रनले पराजित गरेको, उपकप्तान ज्ञानेन्द्र मल्लले शतक पूरा गरेको, दुर्घटनामा सुरक्षा प्रमुखलाई कारबाही गर्ने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले दसैं तिहारमा भएका दुर्घटनामा २ सयको मृत्यु भएको, कांग्रेसको आयस्रोत घटेको, तीन दलको बैठकमा सहमति प्रयासमा प्रगति नभएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले न्यायालयको भ्रष्टाचार हेर्न आयोग बनाउन न्यायाधीशले सुझाव दिएको, मृत मुटु प्रत्यारोपण भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नेपाल समाचारपत्रले जीप खस्दा ११ को मृत्यु भएको, क्यानडामा भएको आक्रमणको प्रधानमन्त्रीले निन्दा गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले पूर्वरानी कोमल बिरामी भएको, पूर्वयुवराज पारस साहलाई बैंकककै सुधार गृहमा राखिने खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1nayapatrika

2nagarik

3nepalsamacharpatra

4gorkhapatra

5rajdhani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment