Comments Add Comment

साढे ८९ लाख नेपाली इन्टरनेटको पहुँचमा

१० कात्तिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायकको सक्रियतासँगै नेपालमा इन्टरनेट प्रयोग गर्नेहरुको संख्या हृवात्तै बढ्न थालेको छ । साउन महिनासम्म ८९ लाख ४६ हजार ५ सय ६९ नेपालीको पहुँचमा इन्टरनेट सेवा पुगिसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एक वर्षको अवधिमा करिव ७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । यसमध्ये ८५ लाख १८ हजार ९४ जनाले इन्टरनेट मोबाइलमा चलाउँछन् ।

मोबाइलमा इन्टरनेट चलाउनेहरु टेलिकमका ४५ लाख २४ हजार ३ सय ६४ जना रहेका छन भने एनसेलका ३९ लाख ९३ हजार ७ सय ३० जना रहेका छन् । सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता एनसेलका भएपनि इन्टरनेट डाटा चलाउने ग्राहक टेलिकमका बढी रहेका छन् ।

Internet-Service-Hissa

प्राधिकरणका अनुसार टेलिकमका इन्टरनेट प्रयोगकर्ता ४७ लाख ८९ हजार ९ ससय १७ जना पुगेका छन भने युटिएलका ५६ हजार ७ सय ४४, एनसेलका ३९ लाख ९३ हजार ७ सय ३०, आइएसपीका १ लाख ६ हजार १ सय ७१ पुगेका छन् ।

साउन महिनासम्म कुल जनसंख्याको ९३.६९ प्रतिशत अर्थात २ करोड ४८ लाख २६ हजार ६ सय ८४ नेपालीको पहुँचमा टेलिफोन सेवा पुगिसेको छ । टेलिफोन सेवा लिएका ग्राहकहरुमध्ये ३३.७६ प्रतिशतले इन्टरनेट चलाउने गरेका छन् ।

तथ्यांकअनुसार साउन महिनासम्म २ करोड २२ लाख ६५ हजार २ सय ३६ जना नेपालीको हातमा मोबाइल सेवा पुगिसकेको छ । जसमध्ये टेलिकमका ग्राहक १ करोड २ लाख ९४ हजार रहेका छन भने एनसेलका १ करोड १९ लाख ७० हजार ६ सय १९ पुगेका छन् ।

Internet-Service-Growth-2

टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ता ९१ लाख ७६ हजार ६ सय रहेका छन भने सीडीएमए मोबाइल प्रयोगकर्ता ११ लाख १८ हजार १८ जना रहेका छन् ।

प्राधिकरणका अनुसार फिक्स्ड फोन प्रयोगकर्ता ८ लाख ३० हजार ७ सय ८९ जना रहेका छन भने अन्य सेवा प्रदायकका ग्राहकहरु १७ लाख ३० हजार ६ सय ५९ रहेका छन् ।

कुल जनसंख्यामध्ये ३.१३ प्रतिशतले फिक्स्ड सेवा, ८४.०३ प्रतिशतले मोबाइल सेवा र ६.५३ प्रतिशतले अन्य सेवा प्रयोग गरिरहेको प्राधिकरणले जनाएको छ ।

Internet-Service

साउन महिनासम्म टेलिकमका ग्राहकहरु १ करोड १० लाख ७१ हजार २ सय ८७, युटिएलका ५ लाख ८ हजार ८ सय ४१, एनसेलका १ करोड १९ लाख ७० हजार ६ सय १९, एटीएमका ३ हजार ९५, एनएटीपीएलका ११ लाख २१ हजार १ सय र अन्य १ हजार ७ सय ४२ जना ग्राहकहरु पुगेका छन् ।

TelephoneTelephone-growthInternet-Service-Growth

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment