Comments Add Comment

नेत्रहिन महिला क्रिकेटमा नेपालद्वारा इंल्याण्ड पराजित

१० कात्तिक, काठमाडौं । ट्वान्टी ट्वान्टी मैत्रीपूर्ण क्रिकेटमा नेपाली महिला नेत्रहीन क्रिकेट टोलीले इंल्याण्डलाई पराजित गरेको छ ।

पुल्चोकस्थित इन्जिनियरिङ क्रिकेट मैदानमा भएको खेलमा नेपालले इंल्याण्डको महिला नेत्रहीन टोलीलाई ९३ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ओभरमा १७४ रनको विशाल योगफल खडा गर्‍यो । नेपालका लागि मनकेशरी चौधरीले सर्वाधिक ७७ रनको योगदान दिइन् भने ओममायाले २४ रन जोडिन् ।

एक सय ७५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको इंल्याण्ड निर्धारित ओभरमा आठ विकेट गुमाउँदै ८० रनमा समेटियो ।

इंल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी भगवती भट्टराई र सुनिता घिमिरेले समान दुई दुई विकेट तथा मुना अर्याल र सरिता घिमिरेले समान एक एक विकेट लिएका थिए ।

नेपाल नेत्रहीन क्रिकेट सङ्घको आयोजना र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा भएको प्रतियोगितामा प्लेएर अफ द म्याच घोषित भएकी नेपालकी मनकेशरी चौधरीले दुई हजारसहित ट्रफी प्राप्त गरिन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment