Comments Add Comment

काभ्रे चट्याङको उच्च जोखिममा

११ कात्तिक, काभ्रे । काभ्रेको महाभारत पर्वत शृखलाआसपासका बस्ती चट्याङको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् । गएको ६ महिनामा काभ्रेमा चट्याङका कारण १९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकसँग जोडिएको मकवानपुर जिल्लाको महाभारत पर्वत शृंखलामा अवस्थित केही गाविसका बासिन्दाको समेत चट्याङ लागेर मृत्यु भएको छ ।

गत २४ जेठमा चट्याङले महाभारत पर्वत शृंखलामा अवीस्थत डाँडापारि क्षेत्रमा एकै दिन चारजनाको मृत्यु भएको नयाँ पत्रिकामा खबर छ । यो पर्वत शृंखलामा काभ्रेका १०, मकवानपुरका पाँच, सिन्धुलीका र रामेछापका दुई/दुई गाविस पर्छन । यी गाविसमा वर्षाको समयमा चट्याङ परिरहने हुनाले ठूलो जनधनको क्षति हुने गरेको छ ।

काभ्रेको मिल्चे गाविस-२ का दरसुर मोक्तानले डाँडाँपारि क्षेत्रमा चट्याङ पर्न थाल्दा विद्युतको मुख्य स्विच बन्द गरेर काम गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment