Comments Add Comment

बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्ट्रेलियाबाट सहयोग

११ कात्तिक, बेनी । म्याग्दीको बेनीस्थित एक विद्यालयको बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्ट्रेलियाका नेपालीहरुले सहयोग प्रदान गरेका छन् ।

बेनी नगरपालिका- ११ बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्ट्रेलियाबाट एक लाख ५० हजार सहयोग प्रदान गरेको हो । लायन्स क्लब अफ अस्ट्रेलियामार्फत ५० हजार  रुपैंयाा र म्याग्दी सेवा समिति अस्ट्रेलियाबाट १ लाख  रुपैंयाा सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक भक्त कार्कीले जानकारी दिए ।

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने र सामाजिकीकरण गराउने उद्देश्यले बालजागृति प्राविले सञ्चालन गरेको स्रोत कक्षालाई अस्टे्रलियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका हुन् । सहयोग जुटाउने पहल गर्ने बेनी नगरपालिका ६ घर भई हाल अस्ट्रेलियामा कार्यरत सुमन बाँनियालाई विद्यालयले सोमबार एक कार्यक्रमकाबीच सम्मान गरेको थियो ।

विद्यालयले आन्तरिक स्रोत र चन्दा जुटाएर २०६९ सालदेखि सञ्चालन गर्दै आएको उक्त स्रोत कक्षामा हाल म्याग्दी र बागलुङ जिल्लाका २१ जना बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment