Comments Add Comment

ब्रिटेन-नेपाल चेम्बरको अध्यक्षमा राजन कँडेल

Nepal-briten-Chembar-of-Commerce
११ कात्तिक, लण्डन । ब्रिटेन-नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजन कँडेल चयन भएका छन् । यो संस्था बेलायतमा नेपालसँग साइनो गाँसिएका व्यवसायीहरुको सबैभन्दा पुरानो संस्था हो ।

अध्यक्ष भएलगत्तै कँडेलले ब्रिटेन-नेपाल चेम्बर अफ कमर्सका माध्यमबाट नेपालमा बेलायतमार्फत हुने अनुदान भन्दा पनि व्यापार र उद्यमशीलतालाई जोड दिने बताएका छन् ।

उनले बेलायतमा उद्यम गरिरहेका नेपालीहरुको सहयोगका लागि पनि आफ्नो कार्यकालमा काम गर्ने योजना सार्वजनिक गरेका छन् । नेपाली डायस्पोरालाई नेपालमा लगानी गर्नका लागि चेम्बरका तर्फबाट प्रेरित गर्ने, बेलायतमा उद्यम गरिरहेका नेपाली उद्यमीहरुलाइ सक्दो सहयोग गर्ने, बेलायतमा रहेका नेपाली उद्यमी र उद्यमलाई वाषिर्क रुपमा अवार्ड प्रदान लगायतका कार्यक्रमहरु अयोजना गर्ने उनले बताए ।

यस्तो अवार्डले बेलायतमा रहेका नेपालीले बेलायतमा चलाइरहेको उद्यम र नेपालमा बेलायतीहरुले चलाइरहेको उद्यमलाई प्रेरित गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी, ब्रिटेन-नेपाल चेम्बरका अध्यक्षको हैसियतले आफूले बेलायतस्थित नेपाली दूतावास तथा नेपालस्थित बेलायती दूतावाससँग नजिक रहेर काम गर्ने पनि बताएका छन् । नेपालले बेलायती लगानीको सुरक्षाका लागि बेलायत सरकारसँग गरेको बिप्पा सम्झौताका बारेमा प्रचार गर्नु आफ्नो प्रमुख काम भएको उनको भनाई थियो ।

यसैबीच, ब्रिटेन-नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा नयाँ नेपाली व्यवसायी, प्रोफेसनलहरु र उद्यमीहरुलाई ल्याइएको छ । तीमध्ये इन्द्र गिरी कोषाध्यक्ष रहेका छन् भने विराज भट्ट र प्रशान्त कुँवर कार्यकारी सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment