Comments Add Comment

साना किसान सम्मलेन हुँदै, समस्या पहिल्यार्इ समधान खाेजिने

IMG_0451११ कात्तिक  काठमाडौं । यही कात्तिक १६ र १७ गते राजधानीमा ‘साना किसान सम्मेलन २०७१’ हुने भएको छ ।

साना किसानहरूको वास्तविक समस्या पहिचान गरी तीनको समाधान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष श्रीकृष्ण उपाध्यायले जानकारी दिए ।

सम्मेलनबारे जानकारी दिन मङ्गलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने -गरिबी न्यूनिकरणका लागि ग्रामिणस्तरमा सवल संस्थाको निर्माण’ मूल नारा रहेको उक्त सम्मेलनमा ७ सय ५० जना साना किसान रहने छन् ।

सम्मेलनमा साना किसान आफैले आफ्नो वास्तविक अवस्था, समस्या र चुनौतिलगायत विषयमा कुरा राख्ने अवसर पाउने उनले बताए ।

उपाध्यायका अनुसार ग्रामीण समुदायको आर्थिक एवं सामाजिक विकासमा संलग्न र सरोकार राख्ने सबै पक्षलाई एकै थलोमा सहभागी गराई ग्रामीण गरीबको उन्नतीकालागि साझा स्थानिय संस्था निर्माण गरिने छ ।

‘आर्थिक सबलीकरणलाई जोड दिन सहमतिको मार्गचित्र कोर्नु यो सम्मेलनको उद्देश्य हो’ उपाध्यायले भने ।

नेपालमा साना किसान विकास कार्यक्रम सञ्चालन भएको करीब ४ दशक भइसके पनि यस्तो सम्मेलन पहिलो पटक हुन लागेको हो ।

कार्यक्रम गरिबी, कृषि विकास र विकास प्रयासको समस्या एवं वर्तमान अवस्थाको समिक्षा गरिने कार्यक्रममा साना किसान विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत एंव आयोजन मूल समितिका सदस्य जलनकुमार शर्माले बताए ।

‘सम्मेलनमा साना किसान विकास अभिायानको ४० वर्षे यात्राको उपलब्धी, चुनौति, संभावना र भावी दिशाका बारेमा व्यापक छलफल गरिने छ,’ शर्माले भने ।

सम्मेलन साना किसानको विकासका लागि समसामायिक अवधारणा, असल अभ्यास र पाठ सहित समावेशी लघुवित्त, वित्तिय पहुँच, लघुवित्तमा सूचनाप्रविधिको प्रयोग, संस्थागत विकासका विषय पनि सम्मेलनमा छलफल गरिने उनले बताए ।

सम्मेलनमा लघुवित्तसँग सम्बन्धीत १४ वटा विषयमा २४ वटा कार्यपत्र प्रस्तुत गरिने छ । साथै, सम्मेलनमा बिभिन्न निकायका अनुभवी अभ्यासकर्ता, अन्वेषक/अनुसन्धानकर्ता, योजनाविद, प्राज्ञ, विद्यार्थी र लघुवित्तका विज्ञहरुद्वारा   छुट्टाछुट्टै विषयमा कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले जानकरी दिएको छ ।

यस्तै, सम्मेलनमा छलफल भएका विषयको निष्कर्षका आधारमा संयुक्त घोषणापत्र तयार  गरिने बताइएको छ । उक्त घोषणापत्र कृषि सहकारी र लघुवित्त क्षेत्रको विकास  तथा विस्तारका लागि नीति निर्माण क्रममा उपयोगी हुने आयोजकको दाबी छ ।

काठमाडौको होटेल याक एण्ड यतिमा आयोजना हुने उक्त सम्मेलनमा सरकारका विभिन्न मन्त्रालय तथा निकाय, राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तीय संस्था, साना किसान कृषि सहकारी संस्था तथा ग्रामीण क्षेत्रमाकार्यरत अन्य लघुवित्त संस्था, स्थानीयस्तरका सरोकारवाला निकाय र राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका सहयोगी निकायको सहभागीता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment