Comments Add Comment

बालोन डि’ओरको मोनोनयनमा रोनाल्डो, मेस्सी र बेल

el-calasico

११ कात्तिक, काठमाडौं । क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीसँगै ग्यारेथ बेल पनि फिफा बालोन डि’ओरको मोनोनयनमा परेका छन् ।

फिफाले मंगलबार नोमिनेसनमा परेका २३ फुटबलरको नाम सार्वजनिक गरेको गरेको छ । गत वर्षको विजेता रोनाल्डो र मेस्सीलाई नै प्रमुख दावेदारका रुपमा हेरिएको छ ।

रोनाल्डोले गत सिजन रियल मडि्रडलाई च्याम्पियन्स लिगको उपाधि दिलाए । अर्जेन्टिनाले विश्वकपको फाइनलमा स्थान बनाउँदा मेस्सीको महत्वपूर्ण भूमिका रहृयो ।

बेलले गत सिजन रियल मडि्रडका लागि २२ गोल गरे । रियल मडि्रडका करिम बेन्जिमा, टोनी क्रुज, सर्जिओ रामोस, जेम्स रोडि्रग्बेज पनि मनोनयनमा पेरेका छ । यस्तै बर्सिलोनाका नेयमार, आन्द्रे इनिष्टा, जाभियर मसेरानो, पनि सूचीमा छन् । तर, यो सिजन बार्सिलोना गएका लुइस स्वरेज छैनन् ।

बार्यन म्युनिखका मारियो गोटेज, फिलिप लाहम, थोमस मुलर, गोलरक्षक नुयुर, आर्जेन रोबिन, स्वाइन्सटाइगार मनोनयनमा परेका छन् ।

मनोनयनमा प्रिमियर लिगका ५ खेलाडी परेका छ । डिएगो कोष्टा, एन्जल डि मारिया, याया टोरे, हजार्ड र गोलरक्षक कुर्टोइस पनि मनोनयनमा परेका छ ।

पेरिस सेन्ट जर्मेनका जाल्टन इब्राहिमोभिच र युभेन्टसका पल पोग्बा पनि फिफा बालोन डि’ओरको मोमिनेसनमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment