Comments Add Comment

सर्पले डसेपछि यसरी कुहियो किशोरीको खुट्टा

snake venom effectतस्वीर हेर्दा यो फोटोसपबाट तयार पारिएकेा जस्तो लाग्नसक्छ । तर यो फोटोसप गरिएको नक्कली तस्वीर होइन, एक किशोरीको खुट्टाको वास्तविक तस्वीर हो । सर्पको डसाइबाट चाउरिँदै, सुक्दै तथा कालो हुँदै गएको खुट्टाको यस्तो तस्वीर निकै डरलाग्दो देखिन्छ ।

भेनेजुयलाकी एक १३ वर्षीया किशोरीको खुट्टा यसरी सुक्दै र कुहिँदै गएको छ, सर्पको डसाइका कारण । विषालु सर्पले खुट्टामा डसेपछि उनको खुट्टाका तन्तुहरु मर्दै गएपछि खुट्टा यसरी सुक्दै, गल्दै तथा कालो हुँदै गएको छ ।

इन्टाग्राममा एक प्रयोगकर्ताले उनको यो तस्वीर पोष्ट गरेसँगै यसले निकै चर्चा पाएको छ । सर्पले डसेसँगै सुरुमा स्थानीय परम्परागत विधिबाट उपचार गराउन थाल्दा उनको यस्तो हालत भएको हो । परम्परागत औषधिको भर पर्दा खुट्टा सुक्न र कालो हुन थालेपछि एक महिनापछि ती किशोरीलाई राजधानी काराकासको अस्पतालमा भर्ना गरिएको थियो । तर त्यतिबेलासम्म ढिलो भैसकेको थियो र उनको उपचार सम्भव थिएन । डाक्टरहरुले उनको सुकेको र कुहिएको खुट्टा काटेर फ्याँक्नुको विकल्प नभएको बताएका छन् ।

सर्पको विष सरीरभर नै फैलिएकाले खुट्टा फ्याँकेपछि पनि जोखिम नटर्ने र ती किशोरीको ज्यान समेत जानसक्ने डाक्टरहरु बताउँछन् । विषकै कारण उनको जिउ समेत सुक्दै गएको हुँदा विस्तारै उनको ज्यानै गुम्ने डर छ ।

यसरी विषका कारण सरीरभरका मांसपेशी तथा अन्य तन्तुहरु मर्दै जाने प्रक्रियालाई राब्डोमायोलाइसिस भनिन्छ । यसले मृगौला लगायतका सरीरका अंगहरुमा प्रत्यक्ष असर पुराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment