Comments Add Comment

नेपाली कामदारका लागि उज्वेकिस्तान खुला

१२ कात्तिक, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला गरेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर एजेन्सीमार्फत निःशुल्क उज्वेकिस्तान खुला गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले उज्वेकिस्तानमा कामदार पठाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यससँगै नेपालका श्रम गन्तव्य मुलुक ११० पुगेका छन् ।
एसओएस म्यानपावरले उज्वेकिस्तानका लागि माग ल्याइसकेको छ । उसले कोरियाली निर्माण कम्पनी सामसुङको स्काफोल्डिङ कामका लागि मासिक पारिश्रमिक ३ सय ५० डलर (३५ हजार रुपैयाँ) मा माग ल्याएको कारोबारमा खबर छ ।
मागबमोजिम कामदारले दैनिक ८ घन्टाका दरले सातामा ५ दिन काम गर्नुपर्छ । रोजगारदाता कम्पनीले कामदारको मृत्यु भए ३० हजार डलर (करिब ३० लाख रुपैयाँ) को बिमा र अपांगता भए १५ हजार डलर (१५ लाख रुपैयाँ) क्षतिपूर्ति दिने सम्झौता गरेको छ । मौसमका हिसावले उज्वेकिस्तान निकै चिसो देश हो ।
मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले परराष्ट्र मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग छलफल गरी म्यानपावरले कामदारलाई निःशुल्क उज्वेकिस्तान पठाउन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment