Comments Add Comment

आफूखुसी प्लटिङ गरेर जग्गा बेच्न नपाइने

plotting१२ कात्तिक, काठमाडौं । सरकारले आफुखुशी प्लटिङ गरेर जग्गा बिक्रि गर्ने व्यवसायमाथि सरकारले अंकुश लगाएको छ। बढ्दो जनसंख्याका कारण बढ्दै गएको सहरीकरणले गर्दा खाद्य असुरक्षा तथा वातावरणमा समेत प्रतिकूल असर पारेको भन्दै सरकारले मुलुकभर लागु हुने गरी आफुखुशी प्लटिङ गरेर जग्गा बिक्रि गर्न नपाइने नीति कार्यान्वयनमा ल्याएको छ।

भू- उपयोग नीति विपरित प्लटिङ गरेर मापदण्ड विपरित बसाइएको अव्यवस्थित बासस्थलमा उपलब्ध गराउदै आएको सडक, खानेपानी, पार्क, बिजुली, टेलिफोन, अस्पताललगायत अन्य आधारभूत भौतिक पूर्वाधारमा कुनै पनि प्रकारको लगानी नगर्ने नीति अख्तियार गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मंगलबार मुलुकभरका एक महानगरपालिका, चार उपमहानगरपालिका तथा पुराना र नयाँ गरेर एक सय २५ वटा नगरपालिकालाई पत्राचार गर्दै अनुमति वेगर जग्गा प्लटिङ गरेर बिक्रि बितरण गर्न नदिन निर्देशन दिएको छ। मन्त्रालयले ७५ वटै जिल्ला विकास मन्त्रालय र देशभरका गाउ विकास समितिलाई पनि यो निर्देशन दिएको छ।
मन्त्रालयले प्रस्तावित हुन लागेका तथा नयाँ घोषणा हुने नगरपालिकाको हकमा पनि यो नीति कडाईसाथ पालना गर्न निर्देशन दिएको छ। स्थानीय विकास मन्त्रालयको सहकार्यमा उपत्यकाको हकमा सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरण तथा जिल्लाहरूको हकमा सहरी विकास मन्त्रालय र भुमिसुधार तथा व्यवस्थापन मन्त्रालयको मातहतका राष्ट्रिय भु उपयोग कार्यक्रम आयोजनाले यसलाई कडाईका साथ कार्यान्वयनमा ल्याउने छन।
‘आफुखुशी प्लटिङ गरेर अनियन्त्रित रूपमा जग्गा खरिद बिक्रिका कारण बातावरणमा असर पुग्नुका साथै सडक, पार्क, उद्यान, खेलमैदान, दैवी प्रकोप आइपर्दा उद्दार गर्न, पानी, बिजुली र टेलिफोनको लाइन बिस्तार गर्नसमेत ठूलो समस्या परेकाले राष्ट्रिय भू उपयोग नीति तथा भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिकाअनुसार यसलाई कार्यान्वयनमा ल्याइएको हो, स्थानीय बिकास मन्त्रालयका वातावरण व्यवस्थापन शाखाका उपसचिब चक्रपाणी शर्माले भने,’आजै मुलुकभरका नगरपालिका, जिल्ला विकास समिति तथा गाउँ विकास समितिलाई पत्राचार गरेर कडाईका साथ निर्देशनलाई पालना गर्न भनेका छौं। स्वीकृत वेगर प्लटिङ गरेर जग्गा बिक्रि गर्न खोजेमा खरिद बिक्रिमा अंकुश लगाउने गरी नियमनको व्यवस्था पनि गरिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment