Comments Add Comment

बुधबारका छापामा मुख्य खबर

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले नेपालले अमेरिकालाई हराएको, नेपाल डिभिजन २ नजिक पुगेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुँदै काठमाडौं आउने  खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले तेलको मूल्य घटेपनि गाडिभाडा बढेको, सत्तासमीकरणमा ओलीको चासो भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले प्लटिङ गरेर जग्गा बेच्न नपाइने, १५ जिल्लाको विकास गर्ने चीनले प्रस्ताव राखेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्न निर्देशन दिइएको, एमाले र माओवादीको प्रस्ताव ठीक विपरीत खालको रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले संघीयतालाई थाँती राखेर पहिलो मस्यौदा ल्याउने तयारी रहेको, रिहाना निको भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

0

1

2

3

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment