Comments Add Comment

तेस्रो मुलुकमा लोकप्रिय बन्दैछ नेपाली चिया

Tea-Bagan१२ कात्तिक, झापा । नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा लोकपि्रय बनेको छ । सस्तो र गुणस्तरीय दुवै भएका कारण विदेशी बजारमा नेपालमा उत्पादित चियाको माग बढेको छ । पूर्वी नेपालको इलाम र पाँचथर जिल्ला अर्गानिक चिया उत्पादन क्षेत्रका रुपमा चिनिन थालेपछि यहाँको चियाले अन्तर्राष्ट्रिय बजारमा सजिलै प्रतिष्पर्धा गरेको छ ।
भारतीय चियाको तुलनामा सस्तो हुने भएकाले नेपालको चिया भारत जाने र भारतबाट तेस्रो मुलुक निर्यात हुने गरेको अन्नपूर्ण पोष्टमा खबर छ । नेपालमा उत्पादित चिया भारतमा उत्पादित चिया भन्दा सस्तो रहेकाले ब्यापारीले नेपालको चिया खरिद गरेर भारतीय ब्राण्डमा बेच्ने गरेको भारतीय ब्यापारीले समेत स्वीकारेका छन् । नेपाली चियाको लोकपि्रयताले भारतीय बजारलाई पनि असर गर्न थालेको भारतीय सञ्चार माध्यामहरुले प्रकाशित गरेका छन् ।
केही समयअघि ‘द इकोनोमिक टाइम्स’ले नेपालको सस्तो चियाले भारतको दार्जिलिङमा उत्पादित चियाको अन्तर्राष्टिय बजार बिगार्दै लगेको उल्लेख गरेको थियो । दार्जिलिङ टी एशोसिएसनका अध्यक्ष एसएम बगारियालाई उद्धृत गर्दै द इकोनोमिक टाइम्सले लेखेको छ ‘नेपालको चिया भारतको उत्पादनका लागि प्रतिष्पर्धाको विषय हो । त्याहाँबाट गुणस्तरहीन भारत आइरहेकोले त्यसको ब्यवस्थापन गर्न जरुरी छ । त्यसका लागि हामी छिट्टै केन्द्र सरकारसँग कुरा गर्नेछौं ।’
दार्जिलिङका ८७ वटा चिया बगानबाट वाषिर्क एक करोड केजी तयारी चिया उत्पादन हुने गरेको दार्जिलिङ टी एशोसिएसनको भनाइ छ । यसका अतिरिक्त भारतीय ब्यपारीले प्रत्येक वर्ष नेपाल, इन्डोनेसिया र भियतनामबाट करिब दुई करोड केजी तयारी चिया भित्र्याउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment