Comments Add Comment

विश्वमा ६ सय जनालाई मात्र लाग्ने रोग लागेकी १४ वर्षीया किशोरी, जसको सरीर ढुंगा बन्दै गएकेा छ

Ni-Min-stone-man-syndrome

विश्वमा जम्मा ६ सय जना मानिसमा मात्र यस्तो रोग छ । यो रोगलाई ‘ढुंगे मानिस लक्षण’ अर्थात् स्टोन म्यान सिन्ड्रोम भनिन्छ । चीनकी एक १४ वर्षीया किशोरी यहीँ दुर्लभ रोगको सिकार बनेकी छिन् र उनको सरीर क्रमशः ढुंगोजस्तै  बन्दै गएको छ ।
फाइब्रोप्लासिया ओसिफिक्यान्स प्रोग्रेसिफा भनिने उक्त रोगको शिकार बनेकी किशोरीको नाम हो नी मिन । उनको सरीरका मांशपेशीहरु विस्तारै हड्डी बन्दै गएका छन् । यो रोगको उपचार छैन र छातिको हड्डी चेँपिँदै गएपछि स्वास फेर्न नसकेर मानिसको अन्ततः मृत्यु हुन्छ ।
नी केा सरीर सुक्दै गएपछि र विभिन्न ठाउँमा अनौठा कडा थुप्रा देखिन थालेपछि उनले सांघाइको तोंगजी अस्पतालमा देखाएकी थिइन् । तर डाक्टरहरुले त्यो रोगको यकिन उपचार नभएपछि औषधिको प्रयोग गरी यसको असर कम गर्न सकिने बताएपछि  उनी र उनका परिवारमा केही आशा पलाएको छ ।
अहिले उनको अवस्था धेरै गम्भीर नरहेको र ६ महिनाका लागि परीक्षणका रुपमा उनलाई औषधि सिफारिस गरिएको डाक्टरको भनाइ छ । ६ महिनाको परीक्षणपछि उनलाई थप चिकित्सकीय पद्धतिबाट उपचार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment