Comments Add Comment

स्विटजरल्याण्डका नेपालीले जुरिचमा देउसी भैलो खेल्दै तिहार मनाए

deusi

 नेपाली जन सम्पर्क समिति स्विटजरल्याण्डको आयोजनामा गत शनिबार देउसी भैलो खेल्दै लक्ष्मी जयन्ती तथा तिहार मनाइएको छ ।

लक्ष्मी पुल्भर र पेमा लामाले तयार पारेको सेल रोटी र अचार (अपेरो)को स्वागत संगै शुरु भएको कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो |

पहिलो चरणको औपचारिक कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिलाई आसन ग्रहण गराईएको थियो | राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष गुणराज शर्मा र गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डका अध्यक्ष धर्म गुरुङले शुभकामना मन्तब्य राखेका थिए भने रमिता महर्जनले महाकवि देवकोटाका बारेमा कविता वाचन गरेकी थिइन ।

दोस्रो चरणमा सास्कृतिक कार्यक्रमको सुरुवात संगै स्टेजमा आएका स्थानीय कलाकार दृष्टिविहीन दाजुभाई सुदिप र संजय फ्रौंउनफ़ेल्डेरले आफ्नो प्रस्तुति गरेका थिए भने तिलक थापा ,लक्ष्मी पुल्भर र पेमा लामाले दोहोरी खेल्नुका साथै लोक गित प्रस्तुत गरेका थिए । जर्मनीको म्युनिखबाट आएकी अथिति कलाकार रमिता महर्जनले “यो हो मेरो माईति घर” बोलको गीतमा नृत्य गर्दा हलको माहौल नै नेपालमय बनेको थियो । त्यस लगत्तै कार्यक्रमको प्रमुख आकर्षण देउसी भैलो खेलिएको थियो |

समितिका महामन्त्री तिलक थापाको नेतृत्वमा खेलिएको भैलोले सबैलाई आफुहरु नेपाल कै आफ्नो गाउ मा भएको महसुस गराएको थियो |भैलिमा सिमा गौतम , पेमा लामा , दक्षिणा थापा ,दिव्या ढकाल ,एन्जिला रिमाल ,दिपा खड्का ,लक्ष्मी महतो श्रेष्ठ लगायातले साथ् दिनु भएको थियो |उक्त भैलिबाट ३२७ स्विस फ्रान्क संकलन भएको समितिले जनाएको छ ।

गुणराज शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment