Comments Add Comment

उहाँहरू गार्इभैंसी मुख्य हो भन्नुहुन्छ, हामी जनताको सेवा……

विप्लव, सचिव, नेकपा- माओवादी

Biplop

अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङकन गर्नुभएको छ ?
नेपाली राजनीति यतिवेला क्रान्ति र प्रतिक्रान्तिमा केन्द्रीत भइरहेको छ । परिस्थिति दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । शान्तिकालको प्रारम्भमा सहकार्यमा आएको एउटा संसदवादी पूजीवादी शक्ति दलाल पूँजीवादी शक्तिमा नाङगोरुपले पतन हुदैै राज्यमा प्रतिक्रान्ति गर्ने तर्फ गईरहेको छ ।

अर्को, नेपाली जनता र माओवादी पार्टी शान्तिकालमा आउदा भएका सहमति र अग्रगामि राजनैतिक निकास अर्थात जनयुद्ध कालका जनताका मागहरुलाई पुरा गर्दै राज्यलाई नयाँ बनाउँदै जनताको संविधान दिनु पर्दछ भन्ने पक्षमा खडा भएका छन् । यी दुई प्रवित्ति विचको संघर्षमा देश तानिँदै गएको छ ।

यहाँनेर ध्यान दिनुपर्ने मामिला यो छ कि जतिसुकै षडयन्त्रका वावजुद क्रान्तिमाथि प्रतिक्रान्ति हावी हुने संभावना देखिँदैन । भविश्य क्रान्तिको नै उज्यालो छ ।

माघ ८ मा संविधान जारी गर्ने कुरा संविधानसभा भित्रका दलहरुले उठाइरहेकाछन्, तपाईहरुले संविधानसभाको चुनाव बहिस्कार गर्नुभयो सविधान जारी हुने स्थितीमा तपाईहरु के गर्नुहुन्छ ?
केही दल र दलका मान्छेहरुले माघ ८ मा संविधान वन्ने अझ माओवादी विना पनि वन्ने प्रचार गर्दै हिडेकाछन । तर ति मान्छेहरु भित्तामा टाउको ठोकिए पछि वुद्धि आउने खालका मान्छेहुन जस्तो लाग्छ । उनीहरुलाई के कुरा थाहा होला भने संविधान सभाको माग गर्ने अनि पछिल्लो समयमा राष्ट्रिय राजनैतिक सभाको माग गर्ने माओवादी पार्टी र श्रमिक जनता संविधान सभा भन्दा बाहिरै छन् ।

माओवादी जो शान्ति प्रकृयाको मुख्य हिस्सेदार शक्ति हो त्यसको असहभागितामा संविधान वन्ला या वने पनि समस्या हल होला भनेर विश्वास गर्ने को छ ? मत माओवादी विनाको राज्य, माओवादी विनाको संविधान अकल्पनीय कुरा हो भन्ने ठान्छु । कथम वनाइ हालेछन भने पनि त्यसको औचित्य रहने छैन ।

यसो भन्दाभन्दै पनि संविधान कसैवाट फुक्न लगाइन सक्छ, तर सबैले हेक्का राखे हुन्छ त्यो चाल कदापि सफल हुने छैन । हामी संसदीय संविधान र संसदीय व्यवस्थाको विरुद्ध प्रतिरोध संघर्ष अगाढि बढाउने छौं ।
एकीकृत माओवादी र नेकपा—माओवादी बिच पार्टी एकताको चर्चा चलिरहेको छ बास्तबिकता के हो ?
वास्तवमा क्रान्तिकारीहरुवीचको एकता निकै महत्वपूर्ण र आवश्यक कुरा हो । अपसोच एमाओवादी र हाम्रा विचमा केही निकै फरक राजनीतिक नीति र कार्यक्रमहरु छन् ।

जस्तो कि उहाँहरु राजनैतिक क्रान्ति पूरा भइसक्यो अव आर्थिक क्रान्ति मात्र बाँकी छ भन्नु हुन्छ । हामी नेपालमा राजनैतिक सत्तानै परिवर्तन भएको छैन, पहिले जनताको राज्य निमार्ण गर्नु पर्दछ भन्छौ । उहाँहरु सत्ता परिवर्तनको संघर्षलाई सहायक वनाउनु हुन्छ ,हामीले राजनैतिक सत्ता परिवर्तन गर्ने संघर्ष नै मुख्य हो भन्छौ । उहाँहरु एकथान संविधान वनाउनेतिर हुनु हुन्छ , हामी त्यो तरिकाले हुँदैन जनताको संविधान नवन्ने भएपछि अर्को अधिकारसम्पन्न राजनैतिक सभा निर्माण गरौं भन्छौं । उहाँहरु गाईभैसी पाल्ने संघर्ष मुख्य हो भन्नु हुन्छ, हामी जनताको सेवा गर्ने गरी कार्यकर्ता परिचालित हुनु पर्दछ भन्छौं ।

उहाँहरु राष्ट्रिय स्वाधिनतालाई सहायक बनाउनु हुन्छ, हामी मुख्य समस्या मध्य हो भन्छौं । यी यस्ता अन्तरहरु हुन्, जसको अन्त्य नभए या यी कुराहरु एकरुपतामा नआई एकता संभव छैन ।

यसलाई हामीले गणतव्य सहितको एकता भनेका छौं । गणतव्य सहितको एकता मात्र वास्तविक एकता र सफतासम्म पुगाउने एकता हुन्छ । गणतव्य विनाको एकता चोकको जमघट जस्तो हुन्छ । बाटो आफनै, उदश्य आफनै चोक भएको ले मान्छेको भिड देखिने मात्र । यस्तो एकता गर्नु हुँदैन । वास्तविक एकता मात्र गर्नु पर्दछ ।

यसको मतलव सधैंलाई एकता संभव छैन या गर्नु हुँदैन भन्ने चाहि होइन । हाम्रो विचारमा माओवादीहरुको विचमा एकता हुन्छ । तर नयाँ प्रकृयामा त्यो पुरा हुने देखिन्छ ।

ने.क.पा.—माओवादी भित्रको अन्तरबिरोध बिभाजनको तहसम्म पुगेको प्रचारमा आएको छ त्यसको सत्यता के हो ?
हाम्रो पार्टीमा क्रान्तिको कार्यदिशाको बहस भइरहेको साँचो कुरा हो । त्यो सामान्य होइन निकै गंभीर र गहनखालको भएको पनि सत्य हो । यसको उदेश्य एक मात्र छ, त्यो हो नेपालमा जुनखालको राजनैतिक बेइमानी र धोका संसदवादी दलहरुबाट भयो साथै जवरजस्ती पुरानो राज्य सत्तालाई जनता माथि लादने खेल चल्दैछ, त्यसलाई परास्त गर्ने र जनताको राज्य सत्ता निर्माण गर्ने ।

यसका लागि पहिले त पार्टीलाई सही राजनैतिक कार्यदिशा या क्रान्तिकारी कार्यदिशा चाहियो । क्रान्ति सम्पन्न गर्नका लागि यो अनिवार्यरुपले पुरा गर्नु पर्ने आधार हो । हामी त्यसैको लागि यो बहस गरिरहेका छौं । यो कुनै पार्टी फुट र एकताको कुरा नै होइन । अझ यो संगठनात्मक कुरा त हुँदै होइन । यो त निकै नै गम्भीर राजनैतिक लाइनको कुरा हो ।

यहाँ एकदमै गलत कुरा छ कि पार्टीमा सही विचार, नीति , कार्यक्रमको बहस हुँदासाथ फुट र एकताको प्रचार सुरु भइहाल्छ । अझ त्यसमा पनि फुटकै बढी प्रचार गरिन्छ । यसको पछाडि प्रतिक्रियावादीहरुको जनतालाई गलत सन्देश दिने र निरास बनाउने जाल अनि अवसरवादीहरुको वहसलाई मुख्य मर्मवाट विषयान्तरण गर्ने, भ्रम फैलाउने, आफनो अवसरवादी अनुहार लुकाउने र अवसरवादी राजनीति लाद्ने नियत दोषी देखिन्छन् । अर्थात यस्तो प्रचार क्रान्तिकारीलाई कमजोर बनाउने र जनतालाई निरास बनाउने जाल हो । यसमा कोही पनि भ्रममा पर्नु हुँदैन । जब कि माओले नै भन्नु भएको छ कि “ राजनैतिक कार्यदिशाले नै सबै कुराको फैसला गर्दछ । ”
पार्टीमा भइरहेको बहसलाई कसरी सुल्झाउने भन्नेबारेमा अध्यक्ष कमरेड किरणसँग गम्भीर छलफल चलिरहेको छ । हामीले भनेका छौं, मिल्छ एकमतका साथ क्रान्तिकारी कार्यदिशा निमार्ण गरेर जाउँ । मिल्दैन, छिट्टै विशेष विधि र नीतिको प्रयोग गरेर पार्टीलाई एउटै धारमा जाने बनाऔं । आशा छ, हामी एउटा सार्थक निस्कर्षमा पुग्नेछौं ।

साथै हामीलाई पूर्णरुपले के विश्वास छ भने नेपाली क्रान्तिमा आइलागेको कठिन राजनैतिक मोडलाई सुल्झाएर अगाडि बढ्नेछौं ।  जब कि माओले भनेको या हामीले मानेको सच्चाइ त एकताको मुख्य आधार भनेको राजनैतिक विचार कार्यदिशा हो । यदि सही कार्यदिशा छ र बनाइन्छ भने एकता हुँदै जान्छ । गलत बन्न गयो भने फुट र पराजय हुँदै जान्छ ।

स्राेत: लाल मजदुर डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment