Comments Add Comment

आर्यन सिपाहीको भूमिकामा, यसरी हुँदैछ ‘पुनर्जन्म’

aaryan-sigdel-and-susmita-s

‘अबको २० बर्षपछि पनि यो चलचित्र कसैले हेर्‍यो भने उसले गर्व गर्नेछ’, आफ्नो नयाँ चलचित्र ‘पुनर्जन्म’को फष्टलुक तथा गीत सार्वजनिक कार्यक्रममा नायक आर्यन सिग्देलले भने । उनले पहिलो पटक भिन्न भूमिकामा काम गर्न पाउँदा निक्कै खुशी लागेको बताए ।

कालिका गु्रपका अध्यक्ष एवं सभासद विक्रम पाण्डे र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रयले सिनेमाको घुम्टो खोलेका थिए । पहिलो पटक सिनेमा निर्देशक गरेका सजन श्रेष्ठले नयाँ पुस्तालाई द्वन्द्वबारे जानकारी दिने सिनेमा ‘पुनर्जन्म’ भएको बताए । कार्यक्रममा सिनेमामा समावेश एक गीत संगीतकार बसन्त सापकोटाले सार्वजनिक गरे ।

एमके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो सिनेमामा आर्यन सिग्देल, गजित बिष्ट, केकी अधिकारी, सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय छ । यो सिनेमामा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले लगानी गरेका छन् ।

चलचित्रमा बसन्तसँगै जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, अन्जु पन्त, जितु श्रेष्ठको स्वर, शिव ढकाल र नवराज कृष्ण थापाको छायांकन छ । कार्यक्रम सकिएपछि मात्र अर्का कलाकार गजित बिष्ट हलमा उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment