Comments Add Comment

सरकारले नै तोक्ने औषधिको मूल्य

medicine१३ कात्तिक, काठमाडौं । सर्वसाधारणका लागि अत्यावश्यक मानिएका औषधिको खुद्रा मूल्य सरकारले तोक्ने गरी गृहकार्य भइरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले बताएका छन् । अहिले कम्पनीपिच्छे फरक रहेको मूल्यमा एकरुपता ल्याई बिरामीमाथिको ठगी रोक्ने उद्देश्यले मूल्य निर्धारण गर्न लागिएको उनको भनाई छ।
‘यो कम्पनी राम्रो हो, त्यसैले यसको औषधि महँगो छ भनेर बिक्री भइरहेको छ,’ मन्त्री अधिकारीले भने, ‘अब त्यस्तो हुन दिन्नौं ।’ निश्चित रोगका फरकफरक कम्पनीका औषधिको मूल्य एउटै बनाउने चलन भारतमा चलिरहे पनि नेपालमा त्यस्तो हुन नसकेको उनले बताएको नागरिक दैनिकमा खबर छ ।
सरकारले वितरण गर्ने निःशुल्क ७० थरी बाहेकका महत्वपूर्ण औषधिको मूल्य कम्पनीका भरमा छाड्न नसकिने उनको धारणा रहेको छ । अहिले बजारमा १२/१३ हजार थरी औषधि पाइन्छ । मन्त्री अधिकारीका अनुसार एन्टिबायोटिक औषधिसहित उच्च रक्तचाप र मधुमेहलगायतका औषधिलाई प्राथमिकता दिएर मूल्य तोकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment