Comments Add Comment

नेपाल बन्यो डिभिजन थ्री क्रिकेट च्याम्पियन

Div-3-Champion-nepal-1

सुरेश भुसाल/राजकुमार श्रेष्ठ

१३ कात्तिक, क्वाललाम्पुर । युगाण्डालाई पराजित गर्दै नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि रक्षा गरेको छ ।

बिहीबार भएको उपाधि भिडन्तमा नेपाली व्याट्सम्यान र बलर दुबै चम्किएपछि नेपाले युगाण्डालाई हराउँदै लगातार दोस्रो पटक उपाधि मात्र जितेन, समूह चरणमा व्यहोरेको हारको मिठो बदला समेत लिएको छ ।

समूह चरणको पहिलो खेलमा नै नेपाल युगाण्डासँग २० रनले पराजित भएको थियो । तर, त्यसपछि सबै खेल जितेको नेपाल फाइनलमा पनि सफल रहृयो । उसो त युगाण्डाले भने अघिल्लो पटक कै नियती व्यहोरेको छ । अघिल्लो पटक डिभिजन थ्रीमा पनि नेपाल समूह चरणमा युगाण्डासँग हारेपनि फाइनलमा उसैलाई हराएर उपाधि जितेको थियो ।

यो पनि पढ्नुस् : यसरी बन्यो नेपाल डिभिजन थ्री च्याम्पियन (फोटो फिचर)

किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले नरेश बुढायर, सागर पुन र ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा ४९.५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनायो ।

नेपालले उत्कृष्ट निकै सुरुवात गर्‍यो । ओपनस सुवास खकुरेललाई आराम दिएर सागर पुनलाई नरेश बुढायरसँग ओपनिङमा खेलाइएको थियो, जुन निकै सफल समेत रहृयो ।

Div-3-Champion-nepal-5

सागर र नरेशले पहिलो विकेटका लागि १०७ रनको साझेदारी गरे, जुन पहिलो विकेटका लागि प्रतियोगिताकै दोस्रो ठूलो साझेदारी हो भने नेपालको सबैभन्दा बढी ।

नेपालको स्कोर २०७ रन हुँदा नरेश अर्धशतक पूरा गरेर पहिलो विकेटका रुपमा पभेलियन फर्किए । ७३ रनको साझेदारी गरेका उनले दुई चौका र एक छक्काको मदतमा ५१ रन बनाए ।

नेपालले थप २४ रन जोड्दा सागर पुन आउट भए । ८७ बलमा ५ चौकाको मदतमा अर्धशतक पुरा गरेका उनी ६४ रनमा पभेलियन फर्किएका हुन् । सागरपछि अर्धशतक पूरा गरे उपकप्तान ज्ञानेन्द्र मल्लले । ६५ बलमा अर्धशतक पूरा गरेका ज्ञानेन्द्र व्यत्तिगत ६५ रनमा आउट हुँदा नेपालले ४७.२ ओभरमा २०८ रन बनाएर कुन पाँच विकेट गुमाएको थियो ।

यो पनि पढ्नुस् : क्रिकेट टीमलाई पुरस्कृत गर्न राखेपले सिफारिस गर्ने

बाँकी १५ रन जोड्दा नेपालले बाँकी ५ विकेट गुमायो । थप १/१ रन जोड्दा आरिफ शेख र बसन्त रेग्मी आउट भए । ४९.२ ओभरमा सोमपाललाई गुमाएको नेपालले थप एक रन जड्दा शक्ति गौचन र मेहबुब आलमलाई गुमाएको थियो ।

नेपालका मध्य तथा तल्लो क्रमका व्याट्सम्यानको विकेट लिने क्रममा युगाण्डाका मुसाका चम्किए । उनले मात्र ३.५ ओभरमा २७ रन दिएर नेपालको ६ विकेट लिएका थिए ।

२२४ रनको लक्ष्य पछ्याएको युगाण्डा ४४.१ ओभरमा १६१ रन जोड्दा अलआउट भयो । मध्यम सुरुवात गरेको युगाण्डाको पहिलो विकेटका रुपमा १७.६ ओभरमा कयोबीलाई शक्ति गौचनले विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गलाए । १९ औं ओभरको पहिलो बलमा नै बसन्त रेग्मीलाई नेपाललाई दोस्रो सफलता दिलाए ।

यो पनि पढ्नुस् : डिभिजन थ्री च्याम्पियन क्रिकेट टीमलाई प्रधानमन्त्रीको बधाइ

उनले बगेण्डालाई ज्ञानेन्द्रको हातबाट क्याच गराए भने थप ३ रन जोड्दा सेलावे पनि पभेलियन फर्किए पछि युगाण्डा दबावम आयो । ५ विकेटको क्षतिमा ९२ रन बनाएको युगाण्डाको पारी मुसाकाले सम्हाल्ने प्रयास गरे । आक्रमक व्याटिङ गरेका उनले नेपाली बलरहरुलाई दबाव दिँदै युगाण्डालाई खेलमा फर्काउने राम्रो संकेत दिए ।

तर, ३८.१ ओभरमा सोमपाल कामीले कप्तान नुसुबुगालाई बोल्ड गरे भने ४१.४ मा भुवन कार्कीले मुकासाको विकेट लिएपछि नेपाल जिततर्फ उन्मुख भयो । ४३ औं ओभरमा दुई विकेट गुमाएको युगाण्डाको अन्तिम विकेटका रुपमा मुहुमुजालाई बसन्तले विनोदको हातबाट क्याच गराएपछि नेपालको ६२ रनको जित हात पारेको छ ।

Nepal Vs Uganda Graf

NEP_key_Players_detail(1)

Final_NEP_vs _Uganda

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment