Comments Add Comment

अमेरिकाको अस्टिनमा सगरमाथा साँझ सम्पन्न

sagarmatha sajhटेक्सास । अमेरिकाको टेक्सस राज्यको अस्टिनमा एभरेस्ट नेपाल ग्रुप अफ अस्टिनको आयोजनामा तिहारको अवसर पारेर “सगरमाथा साँझ” २०७१ सम्पन्न गरेको छ। नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सहयोग गरौँ भन्ने मूलनाराका साथ ” सगरमाथा साँझ” गरिएको हो।

नेपालका ख्याती प्राप्त लोक-गायक मिलन लामा  तथा गायिका शान्ति भण्डारी प्रमुख कलाकारको रूपमा निम्त्याईएको कार्यक्रमको प्रस्तुतिले दर्शकहरुमा ऊर्जा थपेको थियो ।

 कार्यक्रमको उद्घाटनमा पन्चकन्याद्वारा पानसमा बत्ती बाल्दै गर्दा आयोजक संस्थाका सुदर्शन धितालले बैदिक मन्त्रोच्चारण गरेका थिए । धार्मिक सांस्कृतिक समान महत्व राख्ने पर्वहरुको अवसरमा आयोजित कार्यक्रम भएको हुनाले कार्यक्रमस्थल नेपालको कुनै धर्मस्थल जस्तो देखिएको थियो ।

दीपावली गर्दै  बन्दना  भट्टराई, सत्या धिताल, यसोदा धिताल, सरिता पाठक, रेनु हुमगाइँका टोलीले लक्ष्मी पूजा गर्दै दीपावली गरेका थिए भने यमपन्चककोबारेमा बशुराम भण्डारीले जानकारी गराएका थिए । कलाकार र दर्शकहरूसँगसँगै देउसीभैलो खेलेका थिए ।

sagarmatha sajh-2तराईका जिल्लाहरुमा धुमधामका साथ मनाइने  छठ पर्वको बारेमा रामकुमार महतोको नेतृत्वमा मौलिक भेषभूषासहित आएको टोलीले पर्व दर्शौउने काम गरेका थिए । नेवारी समुदायको महत्वपुर्ण पर्व “म्ह पूजा”  को बारेमा  रबिन पियाले यस्को महत्व दर्शाउने काम गरेका थिए भने विनोद श्रेष्ठ  र उनको टोलीले म्ह पूजा गरेका थिए ।

 दोहोरी गीतहरुले सबै खाले उमेरका दर्शकहरुलाई  भरपुर मनोरन्जन दिदै स्टेजमा घेरा हाल्दै नचाउन सफल भएको यसकार्यक्रममा स्थानीय प्रतिभाहरु मीना राई, कर्ण लिम्बु, निर्मला खरेल्, मिना राई, आकांक्षा कडैरिया, वर्षा भण्डारी, विवेक भण्डारीले नृत्य प्रस्तुत गरेका थिए ।

 चर्चित लोकगायक मिलन लामा र लोक गायिका  शान्ति भन्डारीको साङ्गीतिक प्रस्तुति रहेको यस कार्यक्रममा गायक द्वयहरुले आफ्ना नयाँ पुराना गरी दुई दर्जन लोक गीतहरू गाउँदा ताली हासो गुन्जिएको थियो ।

ड्यालस निवासी हरी थापाको संयोजन रहेको पन्चे बाजा समूहको समेत प्रस्तुति रहेको यस कार्यक्रममा बाजा समूहका सदस्य भीम थापाले समेत गीत गाएका थिए । संस्थाका सदस्यहरू विनोद कुइकेल्, महेश रेग्मीले कार्यक्रम अस्टिनमा पहिलोपल्ट बिल्कुल नौलो कार्यक्रम भएकोले व्यवस्थित गर्न पाँच दिनदेखि ब्यस्त थिए ।

बाल न्यौपाने, उज्वल ढकाल  लक्ष्मण केसी, युब राज आचार्यले हलमा अपेक्षा गरेको भन्दा धेरै दर्शकहरुको उपस्थिती रहेको बताए । रुद्र पोखरेल, वसन्त अधिकारी,  दिब्या ओली, सन्त भुजेल,  विवेक भण्डारी, धनबहादुर रोकालगायत कार्यक्रमस्थलमा व्यस्त देखिएका थिए ।

संस्थामा सचिव विनोद खरेलको उद्घोषण रहेको कार्यक्रममा  सुदर्शन धितालले साथ दिएका थिए भने कोषाध्यक्ष महेश गुप्ताले साउण्ड सिस्ट्म सम्हालेका थिए ।  कार्यक्रममा अल स्टेट इन्सुरेन्सका दिनेश शाहीले ४० इन्चको टेलिभिजन राफल चिट्ठा प्रदन गरेका थिए ।

विकासराज न्यौपाने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment