Comments Add Comment

अनुको यस्तो पारा, भटभटेमा को-को सरसर (भिडियो)

anu-shah(

कात्तिक १४ अर्थात भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एउटा साथी’ यतिबेला धेरैको मुखमा झुण्डिएको छ । यूवापुस्तामा राम्रो छवि बनाएका सलोन बस्नेत यो सिनेमाका मुख्य कलाकार हुन् । संचारकर्मी लक्ष्मण सुवेदीले पहिलो पटक निर्देशन गरेको यो सिनेमा सलोनका अलवा रिस्ता बस्नेत, करिश्मा श्रेष्ठ, अनु शाह, जोन तामाङ लगायतका कलाकारको अभिनय छ ।

निर्देशक सुवेदीले चलचित्र निक्कै मिहिनेतका साथ बनाएको भन्दै कथावस्तुले दर्शकलाई तान्ने विश्वास व्यक्त गरे । उनले सिनेमाको कथावस्तुकै कारण ‘एउटा साथी’ चल्ने समेत बताए ।

राम खनालले पैसा लगानी गरेको सिनेमाका गीतसंगीत पनि चर्चामा छन् । मित्रता, प्रेम र मस्तीको कथामा तयार भएको चलचित्रको ‘भटभटे सरसर’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रदर्शनमा आउनु भन्दा एक दिन अघि सिनेमाको गीत सार्वजनिक गरेर निर्देशकले कस्तो सन्देश दिन खोजेका हुन्, यो भने उनले नै जान्ने कुरा हो । भोलीबाटै प्रदर्शनमा आउन लागेको अर्को चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ मोफसलमा एक साता पर धकेलिएपछि ‘एउटा साथी’लाई अझ फाइदा हुने देखिन्छ ।salona-and-rista

निखिल उप्रेतीको निर्देशनमा बनिरहेको चलचित्र ‘भैरव’को छायांकनमा व्यस्त भएकाले पनि चलचित्रकी नायिका अनु शाह प्रचारमा सहभागी हुन पाएकी छैनन् । तर, पनि निर्देशक लक्ष्मण सुवेदी र अन्य कलाकारले सिनेमाको बज राम्रै बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment