Comments Add Comment

नेपालगञ्जमा शिख समुदायको पहिलो विद्यालय

आरपी सुवेदी
१३ कात्तिक, नेपालगन्ज । बाँकेको हिरमिनिया–६ सिक्खनपुर्वामा शिख समुदायको भाषा, लिपि र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पञ्जाबी स्कुलको शिलान्यास गरिएको छ ।

shikh-school@Nepalganj-FINALसो विद्यालय नेपालमै पहिलो पञ्जाबी भाषा पढाइने विद्यालयको रुपमा शिलान्यास गरिएको हो ।

श्रीगुरुनानक देव सेवा सोसाइटी इन्टरनेशनल क्यालिफोर्निया युएसएको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो विद्यालयको श्रीहरमिन्दर साहब अमृतसरका मुख्य ग्रन्थी सिंह साहब ज्ञानी जगतार सिंह, श्रीअकल तखत साहब अमृतसरका सिंह साहब ज्ञानी जोगिन्दर सिंह वेदान्ती, बाबा विधि चन्द सुरसिंह पञ्जाबका मुखिया दल पन्थीका बाबा अवतार सिंह, पृथीपाल सिंह सन्धु, सकत्तार सिंहले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
पञ्जाबी भाषा र संस्कृति लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै अमेरिकामा बसोबास गर्दै आएका शिख समुदायको संगठन श्रीगुरुनानक देव सेवा सोसाइटी इन्टरनेशनल क्यालिफोर्निया (यूएसए) को आर्थिक सहयोगमा स्कुल निर्माण हुन लागेको सोसाइटीका केन्द्रीय सदस्य उत्तमसिंह सोडीले जानकारी दिए ।

शिख समुदायको करिब ३ सय बढी घरधुरी रहेको बाँकेको  हिरमिनियाँ गाविसको सिख्खनपुरवामा निर्माण हुन लागेको स्कुलमा पञ्जाबी भाषासँगै नेपाली र अंग्रेजी भाषाको पनि पढाई हुने उनले जानकारी दिँदै विद्यालय सञ्चालनका लागि सबैको सहयोगको अपिल समेत गरे ।

स्कुलमा जुनसुकै धर्म समुदायका गरिब बालबालिकालाई निःशुल्क पढाइका साथै पोशाक र रासन उपलब्ध गराउने भन्दै सोडीले शिख मात्रै नभई गैरशिख समुदायको सुविधालाई मध्यनजर गर्दै अहेब स्तरका स्वास्थ्यकर्मी राखेर सानो स्वास्थ्य चौकी समेत सञ्चालन गरिने योजना सुनाए ।

श्रीअखण्ड साहब पाठ समाप्तिका अवसरमा बाँके क्षेत्र नं. २ का सभासद दिनेशचन्द्र यादव, प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखक, सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, राष्ट्रिय अनुसन्धानका एसपी सुमन वैद्य, बाँकेका प्रहरी नायव उपरीक्षक सुशील सिंह राठौरलगायतको सहभागिता थियो ।

कार्यक्रममा उपस्थित सञ्चारकर्मी, प्रशासनिक अधिकारी लगायत गणमान्य व्यक्तिलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको सोसाईटीका म्यानेजर रणवीर सिंहले जानकारी दिए ।

श्रीगुरुनानक देव सेवा सोसाइटी इन्टरनेशनल क्यालिफोर्निया (यूएसए) को आयोजनामा सोमबारदेखि शुरु भएको श्रीअखण्ड साहब पाठको समाप्ति सँगै खुल्ला भण्डाराको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment