Comments Add Comment

सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी

Gold१३ कात्तिक, काठमाडौं । स्थानिय बजारमा सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार पनि सुनचाँदीको भाउ ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेर ५१ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार सुन तोलाको ५१ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । बुधबार सुन स्थिर रहँदै मंगलबार कायम भएको भाउमा किनबेच भएको थियो ।

चाँदीको भाउ तोलामा ३ रुपैयाँ घटेको महासंघले जनाएको छ । स्थानिय बजारमा बिहीबार चाँदी तोलाको ७ सय २२ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ७ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment