Comments Add Comment

बढीमा सात प्रदेशमा जान काँग्रेस-एमाले सहमत

१३ कात्तिक, काठमाडौं । सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमाले बढीमा ७ प्रदेशमा जान सहमत भएका छन् । विहीबार बसेको दुई दलको बैठकले ७ प्रदेशमा एकीकृत माओवादी सहमतिमा नआए संविधानका विवाद प्रक्रियाबाट टुंगो लगाउने निर्णय समेत गरेको छ ।

congress & UMLसंविधानका मुख्य विषयहरुमा समान धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

बैठकमा संविधानका मुख्य विवादित विषयहरु प्रदेशको संख्या, शासकीय स्वरुपलगायतका विषयमा सहमति कायम गर्न आन्तरिक छलफल गरिएको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

एमाले उपाध्यक्ष भीम रावलले काँग्रेस र एमालेबीच संविधानमा मुख्य विवादित विषयमा साझा धारणा बनाएर अघि बढ्ने विषयमा आन्तरिक छलफल भएको बताए । आउँदो माघ ८ गतेभित्रै नयाँ संविधान जारी गर्ने र संविधान निर्माणको तालिका परिवर्तन नगर्न दुबै दल दृढ रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment