Comments Add Comment

रारा तालको किनारामा जलवायु सम्मेलन सुरु

मात्रिका पौडेल

१३ कात्तिक, मुगु । सरकारले कर्णाली अञ्चलमा जलवायु परिवर्तनबाट जोगिने उपायको अध्ययन गर्न ‘जलवायु परिवर्तन अनुकुलन अध्ययन केन्द्र’ स्थापना गर्ने भएको छ ।

KARNALI-MA-JALABAYU-SAMMELANराष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले कर्णालीको उपयुक्त स्थानमा जलवायु परिवर्तनबाट जोगिने उपायबारे अध्ययन गर्न यस्तो केन्द्र स्थापनाको पहल गर्ने बताएका हुन् ।

मुगुको रारा तालको किनारामा बुधवारदेखि शुरु भएको जलवायु सम्मेलनका अवसरमा पोखरेलले यस्तो घोषणा गरेका हुन् ।

जलवायु परिवर्तनका कारण हिमाली जनजीवन खतरामा परेको र कर्णालीका जनताले थप संकट व्यहोर्ने अवस्था आएको भन्दै जलवायु अध्ययन केन्द्र स्थापना गर्न पहल थाल्ने उनले बताए ।

उपाध्यक्ष पोखरेलले भने- ‘कर्णालीको जनजीवनलाई मात्र होइन, हिमाली जीवन जोगाउन अब जलवायु परिवर्तनसँग अनुकुल हुने खालका खेतीपाती नगर्ने हो भने कणर्ालीको गरिबी अझै बढ्छ, हामीले कणर्ालीको विकासका नाममा जति खर्च गरे पनि केही हुँदैन ।’

कणर्ालीको विकासका लागि वैकल्पिक उर्जा, पर्यटन र अग्र्यार्निक कृषिबाहेक अरु कुराले जलवायु परिवर्तनका असरसँग लड्न नसकिने पोखरेलले बताए ।

कार्यक्रममा वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले कर्णालीमा जलवायु अध्ययन केन्द्र स्थापना गरेर नेपालको सम्पूर्ण हिमाली जनजीवन जोगाउन सरकारले सघाउने बताए ।

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक र वातावरण मन्त्रालयको संयुक्त आयोजनामा ‘स्वर्गकी अप्सरा’ भनेर चिनिने सुन्दर रारा तालको किनारामा २ दिनसम्म चल्ने जलवायु सम्मेलनको उद्घाटन राराको माटो छोएर गरिएको थियो ।

सम्मेलनमा प्राध्यापक डा.पिताम्बर शर्माले कार्यपत्र प्रस्तुत गर्दै नखाएको विष लाग्दैन भन्ने नेपाली उखानलाई जलवायु परिवर्तनले उल्ट्याएको बताए ।

शर्माले भने ‘कार्वन उत्सर्जन गरेर जलवायु परिवर्तन गर्ने ठूला र विकसित राष्ट्रले गरेको अपराधको सजायँ हामीले भोग्नुपरेको छ । हामीले नखाएको विष लागेको छ ।’

डा. शर्माले इतिहासमा गौरवशाली मानव सभ्यताको थलो कर्णाली र हिमाली क्षेत्र वर्तमानमा उपेक्षित र जलवायु परिवर्तनका कारण संकटमा परेको बताए । उनले जलवायु परिवर्तनबाट जोगिन हिमाली क्षेत्रमा वैकल्पिक उर्जा एवं जलवायु परिवर्तन अनुकुलका कृषि खेती थाल्नुपर्ने बताए ।

सम्मेलनमा हिमाली क्षेत्रबाट निर्वाचित करीव आधा दर्जन सभासदसहित विज्ञ र सञ्चारकर्मीहरुको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment