Comments Add Comment

डिभिजन थ्रीको उपाधि एकदिवसीय मान्यता पाउने बाटो : पारस

Div-3-Champion-nepal-1

१३ कात्तिक, क्वाललाम्पुर । च्याम्पिन नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि एदिवसीय मान्यता पाउने बाटो भएको बताएका छन् ।

युगाण्डालाई ६२ रनले हराउँदै च्याम्पिन बनेपछि अनलाइनखबरसँग कुरा गर्दै उनले टीमका सबै सदस्यको मेहनत र लगशीलताका कारण उपाधि जित्न सफल भएको बताएका छन् ।

पहिलो खेल हारेपछि टीमका सबै सदस्यले आफ्नो स्तर बढाएको र फाइनलमा राम्रो क्रिकेट खेलेको भन्दै उनले भने-यसमा हरेक खेलाडीको उत्तिकै भूमिका छ ।’

सबै खेलाडीले चाहिएको बेला महत्वपूर्ण भूमिका निर्बाह गरेका भन्दै उनले भने-‘हामीलार्इ थाहा छ कि यो एकदिवसीय मान्यता पाउनका लागि बाटो हो । इन्टरकन्टिनेन्टल कप र विश्वकपको पनि । हामी त्यहाँ पुग्न चाहन्छौं र त्यसका लागि हामी हाम्रोतर्फबाट सक्दो गरिरहेका छौं ।’

उनले अब डिभिजन टूमा केन्द्रित हुने बताए । उनले व्याटिङमा नेपालको टप अडर चलेकोमा खुसी व्यक्त गरेका छन् ।

कप्तान पारसले समर्थकहरुको पनि खुलेर प्रशंसा गरे । उनले भने-‘फ्यानहरु हाम्रा लागि निकै महत्वपूर्ण छन् । आफ्नो काम छोडी छोडी ग्राण्डउमा आएर हामीलाई हौसला दिनु भएकोमा अत्यन्तै खुसी छौं ।’

उनले भविश्यमा पनि नेपाली क्रिकेट टीममा यस्तै साथ पाउने विश्वास व्यक्त गरे ।

प्रशिक्षक पुवुदु दशानायकेले प्रतियोगितामा सबै खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । डिभिजन थ्रीको ट्रफी देखाउँदै उनले भने-‘उपाधि नेपाल लान पाएकोमा म अत्यन्तै खुसी छु ।’

अहिलेसम्मको नेपाली खेलाडीले उत्कृष्ट प्रदशन गरेको भन्दै उनले आगामी दिनमा राम्रो गर्दै जाने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment