Comments Add Comment

टेक्सासको देउसीभैलोको रकम सामाजिक सेवामा

बिकाश राज न्यौपाने

indreni-2अमेरिका । अमेरिकाको टेक्ससमा रहेका नेपालीहरूले तिहारमा देउसीभैलो खेलेर उठेको रकम सामाजिक सेवामा लगाउने भएका छन् । नेपाली समाज टेक्सासको अगुवाइमा बिगत चार वर्षदेखि लगातार देउसीभैलो कार्यक्रम गरिदै आएको छ ।

देउसीभैलो खेल्दा प्राप्त रकमबाट हालै निर्माणाधीन कम्युनिटी पार्टी हलको निर्माणमा लगानी गरिने जानकारी आयोजक संस्थाका महासचिब विजयराज भट्टराई र  उपाध्यक्ष बालकृष्ण जोशीले जानकारी गराए ।

मुलुकबाहिर रहेर पनि देउसीभैलो खेल्दा आफ्नै जन्मभूमीमा रहेको अनुभूति हुने र स–साना नानीहरूलार्इ पनि नेपाली भाषा संस्कृति र परम्पराकोबारेमा जानकारी हुने टेक्सासबासी नेपालीहरूको विश्वास छ।देउसीभैलोमा परम्परागत देउसीभैलो गीतका साथै नेपालका बिभिन्न भागमा गार्इने प्रचलित लोकगीतहरू गाएर नाचगान गरिएको थियो ।

indreni 1नेपाली समाजका निवर्तमान अध्यक्ष प्रा. डा. प्रेमराज अधिकारी र समाजसेवी टिका पौडेलको   नृत्य तथा गीतले पनि देउसीमा मनोरंजन थपेको थियो । लक्ष्मी पूजा र गोवर्ध्दन पूजा तथा भाईटीकाका तीनै साँझमा देउसी भैलो खेलिएको थियो।

देउसीभैलोमा सहभागी भइ देउसी समुहलाई स्वागतपूर्बक स्विकार्ने सम्पूर्ण कम्युनिटी सदस्यहरुलाई संस्थाका अध्यक्ष भुवन आचार्यले धन्यवाद ब्यक्त गरेका थिए ।

त्यसैगरि टेक्सासको ड्यालसमा रहेको संस्था इन्द्रेणी सांस्कृतिक संघले पनि नेपाली कलासंस्कृति जगेर्ना उद्देश्य सहित देउसीभैलोको आयोजना गरेको संस्थाका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिए । लक्ष्मी पूजाको दिन फुटकर १० घरमा र गोवर्ध्दन पूजाका दिन संस्थाको निमन्त्रणामा ५० परिवार एकै ठाउमा भेला भई स्थानीय रेस्टुरेन्टमा देउसी खेलिएको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment