Comments Add Comment

झण्डा फेर्न भुलेपछि अर्को चुनाब !

flag

न्युजिल्याण्डका प्रधानमन्त्रीले देशको राष्ट्रिय झण्डा परिवर्तन गर्नका लागि सन् २०१६ मा चुनाव गराउने घोषणा गरेका छन् ।  प्रधानमन्त्री जोन की ले राष्ट्रिय पहिचान झल्काउने गरी देशको झण्डाको स्वरुप फेर्नुपर्ने बताएपनि कतिपयले उनको खिल्ली उडाएका छन् ।

अघिल्लो महिना मात्रै न्युजिल्याण्डमा आम चुनाव भएको थियो र सो चुनावमा राष्ट्रिय झण्डाको बारेमा कुनैपनि बहस गरिएन । उक्त चुनावमा जोन की को पार्टीले लगातार तेश्रो पटक जितेको थियो ।

तर चुनाव सकिएको एक महिनामै प्रधानमन्त्रीले राष्ट्रिय झण्डा फेर्न अर्को चुनाव गराउने भनेपछि उनको धज्जी उडाउँदै भन्न थालिएको छ, ‘आम चुनावमा झण्डालाई भुलेका थियौ र अहिले झण्डा फेर्न अर्को चुनाव गराउने भन्छौ ?’
न्युजिल्याण्ड स्वतन्त्र भएको १ सय ६० वर्ष भएपनि त्यहाँ पुरानै झण्डा कायम छ र सो झण्डामा बेलायती उपनिवेशको निसानी हटेको छैन ।

प्रधानमन्त्रीले नयाँ झण्डामा कालो पृष्ठभूमिमा चाँदी जस्तो चम्किलो पात हुने डिजाइन समेत प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment