Comments Add Comment

दाना गुणस्तरीय हुँदा सस्तियो कुखुराको मासु

chicken१४ कात्तिक, काठमाडौ । दुई दशकअघिसम्म खसीको भन्दा दोब्बर महंगो कुखुराको मासु अहिले त्यही खसीको तुलनामा आधाभन्दा सस्तो छ । नयाँ प्रजातिको विकास, दानाको गुणस्तरीयतामा सुधार, सुलभ लगानी र ब्यवसायिक विकाससँगै अहिले देशका कुना कुनामा ब्रोइलर कुखुरा सर्वसुलभ बनेको हो । सन् १९८० को दशकमा दुई किलो तौलको ब्रोइलर तयार हुन ७० दिन लाग्ने गरेकोमा अहिले ४० दिनमै तयार हुने गरेको एक अध्ययनले देखाएको कारोबार दैनिकमा खबर छ ।
पोल्ट्रीविज्ञ डा. तीलचन्द्र भट्टराईले गरेको अध्ययनअनुसार सोही तौलको ब्रोइलर कुखुरा तयार हुन सन् २००० मा ६० दिन लाग्थ्यो भने २०१० मा ४२ हुँदै अहिले ४० दिनमा झरेको छ । अमेरिका, जापान लगायत विकसित मुलुकमा हुने पोल्ट्रीसम्बन्धी विभिन्न अनुसन्धानले कम दाना खाएरै छिटो तयार हुने खालका चल्ला उत्पादन प्रविधि विकास गरेकाले त्यसको फाइदा नेपालले पनि लिएको हो ।
प्रतिकिलो मासु उत्पादनका लागि १९८० को दशकमा साढे तीन कलिो दाना खपत हुनेमा २००० मा साढे ५ किलो, २०१० मा २.१ किलो हुँदै २०१३ सम्म दुई किलो मात्रै आवश्यक देखिएको छ ।
उपत्यकामा हाल खसीको मासु औसत मूल्य प्रतिकिलो आठ सय छ भने कुकुराको मासु दुई सय ५० देखि तीन सय रुपैंयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment