Comments Add Comment

ओलीले ल्याए ११ योजना

kp-oli
१४ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनको कार्यदिशाअनुसार पार्टीलाई अघि बढाउन ११ ओटा क्षेत्रका विषयगत योजना समेटिएको वाषिर्क कार्ययोजना केन्द्रीय कमिटीमा पेस गर्ने भएका छन् । शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा सचिवालयको तर्फबाट तयार पारिएको सो कार्ययोजना अध्यक्ष ओलीले छलफलका लागि पेस गर्ने तयारी गरेका हुन् ।
केन्द्रीय कार्यालय व्यवस्थापन, संगठन परिचालन, सामाजिक-आर्थिक रुपान्तरण र समृद्धिको विस्तृत प्रस्ताव तयार पार्नेदेखि ५ लाख संगठित सदस्यता वितरण, वामपन्थी एकतापछि एमालेलाई कम्युनिस्ट केन्द्र बनाउनेसम्मका विषय अध्यक्ष ओलीको वाषिर्क कार्ययोजनामा समेटिएको राजधानी दैनिकमा खबर छ ।
अध्यक्ष ओलीको निर्देशनअनुसार केन्द्रीय सचिवालयको तर्फबाट सचिव प्रदीप ज्ञवालीले कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार पारेका हुन् । त्यसलाई सचिवालयकै बिहीबारको बैठकले पारित गरेको छ ।
सचिवालयबाट पारित सोही कार्ययोजना अध्यक्ष ओलीले बैठकमा पेस गर्नेछन् ।

ओलीका कार्ययोजना यस्ता छन्-

  • वर्षदिनभित्रै सामाजिक-आर्थिक रुपान्तरण खाका
  • ५० वर्षका लागि नयाँ पार्टी कार्यालय
  • पार्टी प्रवेश र घर फर्क अभियान
  • गुटबन्दी अन्त्यको सूत्र विशेष बैठक
  • स्थानीय निर्वाचनको तयारी
  • कम्युनिष्ट केन्द्र बनाउन बामपन्थी एकता
  • एक वर्षपछि परिषद् बैठक
  • ५ लाख संगठित सदस्य अभियान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment