Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले नेपाल डिभिजन ३ को च्याम्पियन भएको, प्रधानमन्त्रीले नेपाली टीमलाई बधाइ दिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा सर्वाधिक सुरक्षा थ्रेट रहेको, तीन शीर्ष नेताबीच गम्भीर वार्ता भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले कांग्रेस एमालेले सात प्रदेशको प्रस्ताव ल्याएको, एमाओवादी लचक नभए संख्या फेरि घटाउने, रारा किनारमा जलवायु सम्मेलन सुरु भएको, भित्र छलफल हुँदा बाहिर नाराबाजी भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले ओलीले ११ योजना ल्याएको, आजको बैठकमा छलफल हुने, प्रचण्डको भूमिका प्रति बाबुराम भट्टराई नै सशंकित भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले संघीयताको विपक्षमा राजदूतहरु, चीनको चासोपछि ओलीको चार प्रदेश सूत्र ल्याएको, दलहरुको ध्यान संविधानमा भन्दा सत्तामा बढी केन्द्रीत रहेको बाबुरामले बताएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment