Comments Add Comment

शुक्रवारका दैनिक पत्रिकामा बिजनेश खबर

शुक्रवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले पर्यटन बोर्डका कायममुकायम कार्यकारी अधिकृत सुभाष निरौला निलम्बनमा परेका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकले ‘पर्यटन बोर्डका कर्मचारीसमेत नरहने गरी निरौला निलम्बित’ शीर्षकमा मुख्य खबर छापेको छ । करोडौं रकम अनियमितता गर्नमा प्रत्यक्ष संलग्न देखिएको भन्दै ब्यवस्थापिका संसदको सर्वाजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलालाई कात्तिक ९ गतेदेखि लागू हुने गरी निलम्बन गरेर कारबाही थाल्न निर्देशन दिएको थियो ।
यस्तै, गाजर बीउमा ब्रम्हलुट ढाँट्ने आयातकर्तालाई कारबाही भएन, प्राधिकरण प्रमुखमा काफ्ले, बायोमेटि्रक परीक्षण नगराएका कामदार मलेसिया जान रोक, एक महिनाभित्र ई-टेन्डर पूर्ण कार्यान्वयनमालगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।
कारोबार दैनिकमा ‘ठेकेदारको ढिलाइले मेलम्चीमा फेरि अलमल’ शीर्षकमा मुख्य खबर छापेको छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी २० किलोमिटर लामो सुरुङ निर्माण ठेक्का सकारेको कम्पनीले निर्कारित समयमा काम सम्पन्न नहुने आधार देखाएपछि काममा झनै ढिलाइ भएको छ ।
यस्तै, बोर्डबाट निरौला निलम्बित, यसकारण सस्तियो कुखुराको मासु, तरकारीको बीउमा कार्टेलिङ, दक्षिण कोरियासँग अनुदान सहायतासम्बन्धी सम्झौता, समयमै साधारणसभा गर्न सहकारीलाई निर्देशन, माइक्रोसफ्टले ल्यायो स्वास्थ्य जाँच्ने स्मार्टफोनलगायतका खबर कारोबार दैनिकमा छ ।
नागरिक दैनिकले ‘पर्यटन बोर्डबाट निरौला निलम्बित, निमित्त सीईओमा नन्दिनी’ शीर्षकमा मुख्य खबर छापेको छ ।
यस्तै, भन्सार नाकाबाट आसिकुडा अल्र्ड प्रणाली लागू हुँदै, सार्कका बेला अरुणको पीडीए, उत्पादन नबिकेर गोरखकाली बन्द, मंसिरमा सवारी परीक्षण केन्द्र, कात्तिक २५ र २६ मा पूर्वाधार सम्मेलनलगायतका खबर नागरिक दैनिकमा छ ।
आर्थिक दैनिकले ‘यामाहाको सर्भिसिङ सेन्टरमा ठगी’ शीर्षकमा मुख्य खबर छापेको छ ।
यस्तै, पहिलोपटक ‘इ-बिडिङ’बाट पाँच अर्बको रासन किन्दै सेना, पर्यटन बोर्डका निरौला निलम्बित, वैदेशिक रोजगारीका चार अभिमुखीकरण तालिम दिने संस्था कारबाहीमा, सामसुङको स्मार्टफोनमा सञ्चारकर्मीलाई छुटलगायतका खबर आर्थिक दैनिकमा छ ।

annpurna-eco

arthik-eco

karbar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment