Comments Add Comment

अाउँदैछ झ्यालबिहीन जहाज, जहाँ बाहिरका सबै दृष्य हेर्न पाइन्छ

windowless-plane-1विश्वको पहिलो झ्यालविहीन हवाइजहाज उडान भर्ने तयारीमा छ । यो अदभुत हवाइजहाजका बेलायती निर्माताले यसको परीक्षण उडान गर्ने भएका छन् ।

यो जहाजमा झ्याल हुनेछैन तर बाहिरको सबै दृश्य यात्रुले आफ्नै आँखा अगाडि देख्न पाउनेछन् । यस्तो कसरी सम्भव होला ? हो, यसमा झ्यालको साटो यस्तो पर्दाको प्रयोग गरिएको हुन्छ जसले बाहिरको सबै दृश्य यात्रुलाई देखाइदिन्छ ।

बेलायती समाचार संस्था गार्जियनका अनुसार यो झ्यालविहीन जहाजमा यात्रुले आकाश तथा धर्तीका चौतर्फी दृश्य आफ्नै आँखा अगाडि देख्न पाउनेछन् भने आफ्नो रुची अनुसार स्क्रिनलाई बदल्न पनि सक्नेछन् । यात्रुहरुले स्क्रिनमा ट्याप गरेर वा इन्टरनेटमा सर्च गरेर स्क्रिनमा देखिएको ठाउँको पहिचान समेत गर्न पाउनेछन् । यस्तो जहाज निर्माता सेन्टर फर प्रोसेस इनोभेसन सिपिआइका वैज्ञानिकहरुले यसलाई ‘द विन्डोलेस क्याबिन विथ अ भ्यू’ नाम दिएका छन् ।

windowless-plane-2वैज्ञानिकले भनेका छन्, ‘हावामा उडान भरेको समयमा अब  सानो प्लास्टिकको  झ्यालबाट दुनियालाई हेर्ने चलन अब छिट्टै अतीतको हिस्सा बन्नेछ । भविष्यका विमानमा झ्यालविना नै सफा तथा स्पष्ट र मनोरम दृश्य हेर्ने सुविधा मिल्नेछ । हामी अल्ट्रा फ्लेक्सिबल, हाइ डेफिनेसन डिस्प्ले प्रविधिको विकास गरिरहेका छौँ । जसको क्याविनको भित्री भित्तामा जहाजको बाहिरी भागमा राखिएका क्यामराले खिचेका लाइभ फुटेजलाई सफासँग देख्न सकिनेछ ।’
windowless-plane-4मनोरम दृश्य देख्नुका साथै आन्तरिक डिजिटल वालपेपरका माध्यमबाट यात्रुहरुले क्याबिनको प्रकाश तथा दृश्यलाई बदल्न समेत सक्नेछन् । साथै यो विमानको ओएलइडी स्क्रिनलाई मल्टिमिडिया डिभाइसको रुपमा समेत प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

यो जहाजभित्र हुने स्क्रिन पातलो, मोड्न सकिने तथा निकै हलुका हुने भएकाले यसले उडानको भार समेत कम गर्न मद्दत मिल्नेछ । वजन कम हुनुको अर्थ इन्धनको खपत समेत कम हुनु हो । जसका कारण हरितगृह ग्यासको उत्सर्जन कम हुने र उडान लागत समेत घट्ने वैज्ञानिकहरुको दाबी छ ।

windowless-plane-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment