Comments Add Comment

गण्डकतिर ऋचा गोठालो जाँदा…

काठमाडौ । कैलालीमा जन्मेकी भए पनि ऋचा शर्माको पढाइ लेखाइ सुविधा सम्पन्न शहरमै भयो । गाउँले जीबनलाई नजिकबाट लियाल्ने अवसर पाए पनि गाउँका महिलाहरुले जस्तै घर र खेतीपातीको काम गरेकी छैनन् ।

RICHA SHARMAटाउकोमा मजेत्रो गुथेर मेला जाने अनि कम्मरमा पटुका बाँधेर घरको काम गर्नु नौलो विषय हो उनका लागि । जुन काम अहिले पनि नेपालका गाउँका महिलाहरुले गर्दै आएका छन् ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘टलकजंग भर्सेज टुल्के’ मा उनले यस्तै काम गरिन् जो उनले जीवनमा कहिल्यै गर्न पाइनन् । ‘हो मैले टलकजंग भर्सेज टुल्केमा टाउकोमा मजेत्रो गुथेर, कम्मरमा पटुकी बाँधेर काम गरेकी छु । गाइबाख्राको पछि लागेर गोठालो पनि गएँ,’ उनले भनिन् -‘संगीहरुसंगै गीत पनि गाएँ  ।’

यी सब काम ऋचा शर्माले नगरेर ‘टुल्के भित्रकी ‘ठुली’ले गरेको हो भन्छिन् उनी । कैलालीमा जन्मेकाले थारु भाषा र उनीहरुको लवाइ खवाई बारेमा जानकार भएपनि उनीहरुको काम गर्ने शैलीबारे थाहा थिएन । कम्मरमा पटुकी बाँधेर डोको बोकेको देखेकी छिन् तर, डोकै बोकेर काम गर्न मेला गएकी छैनन् ।

फिल्मको परिवेश गण्डक क्षेत्रको भएकाले त्यस भेगको लवजबारे थाह थिएन उनलाई । तर, स्त्रिmप्ट हात पार्दा नै आफूले बोल्नुपर्ने लवजमै पाएकी थिइन् । त्यसकारण त्यति धेरै गाह्रो भएन । ‘बोल्न अलिकति अप्ठ्यारो भयो तर, पनि राम्रै गरेकी छु,’ ऋचाले भनिन् ।

दैनिक ६ घण्टा मिडियामा

केही दिन भयो ऋचा शर्माको दैनिकी बदलिएको छ । अनलाइन, पत्रपत्रिका, टेलिभिजन र बिभिन्न फिल्मी कार्यक्रमकै लागि दिनमा ६ घण्टा भन्दा बढी समय खर्च गर्नु परेको छ उनले । ‘औसतमा दिनमा ६/७ घण्टा मिडियासँग कुरा गरेरै बित्छ,’ उनले भनिन् ।

फिल्म रिलिज हुने बेलामा यस किसिमको ब्यस्त दैनिकी स्वभाविक हो भन्ने लाग्छ उनलाई । त्यसो त आफ्ना साथीभाइको प्रतिक्रिया सुन्दै उनीहरुका कुरा पनि सम्बोधन गरिदिनुपर्छ । ‘उमा’, ‘भिषा गर्ल’ आदि फिल्म हेर्नेहरुले टुल्केको प्रोमो हेर्दै भन्ने गरेका रहेछन् ‘प्रोमो हेर्दा त गज्जब राम्रो गरेकी छ्यौ जस्तो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment