Comments Add Comment

केपी ओलीविरुद्ध माधव नेपालको ध्यानाकर्षण प्रस्ताव

kp oli and Madhav nepal
फाइल फोटो

१४ कात्तिक, काठमाडौं । नेकपा एमालेको मुख्यालयमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा एमाले नेता माधवकुमार नेपालले लिखितरुपमा ध्यानाकर्षण प्रस्ताव पेश गरेका छन् । यसरी पार्टी चलाउन गाह्रो हुन्छ भन्दै नेता नेपालले केपी ओलीप्रति आक्रोश पोखेपछि केहीबेर दुई नेतावीच दोहोरीजस्तै चल्यो ।

बैठकमा अध्यक्ष केपी ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे मौखिकरुपमा संक्षिप्त मन्तव्य दिएका थिए । ओलीले आफ्नो कुरा राखिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले उठेर ओलीको ध्यानाकर्षण गराएका थिए ।

नेता नेपालले ५/६ पृष्ठको लिखित ध्यानाकर्षण प्रस्ताव नै अध्यक्ष ओलीलाई बुझाएको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए ।

के छ नेपालको ध्यानाकर्षण प्रस्तावमा ?

एमाले नेता नेपालले सुकुम्वासी आयोग गठन गर्दा एकलौटी गरिएको आरोप लगाएका छन् । नेपाली कांग्रेसले सुकुम्वासी आयोगमा एमालेले एकलौटी गरेको आरोप लगाइरहेका बेला नेता नेपालले पनि ओली पक्षमाथि यस्तो आरोप लगाएका हुन् । ओली पक्षले आफ्ना गुटकालाई मात्रै आयोगमा राखेको नेपालको आरोप छ ।

त्यसैगरी मन्त्री बनाउँदा वा फाल्दा पनि ओलीले एकलौटी गरेको नेता नेपालको आरोप छ ।

व्यवस्थापिका संसदका सभापतिहरुको चयनमा पनि एकलौटी निर्णय गरिएको भन्दै नेपालले आपत्ति जनाएका छन् । बैठकमा नेपालको भनाइ उधृत गर्दै एक नेताले अनलाइनखबरसँग भने- ‘यसरी एकलौटी गरेर पार्टी चलाउन गाह्रो हुन्छ ।’

माधव नेपालले आक्रोश पोखिसकेपछि अध्यक्ष ओलीले तपाईको प्रस्ताव प्राप्त भयो, यसलाई पनि समेटेर राजनीतिक प्रतिवेदन ल्याउँछु भन्ने जवाफ दिएका थिए । त्यसपछि अर्को बैठक कात्तिक १८ गते बस्ने भन्दै ओलीले बैठक स्थगनको घोषणा गरेको स्रोतले बतायो ।

पार्टीका आन्तरिक कुरामा विवाद बढ्ने देखएपिछि केन्द्रीय कमिटी बैठक १८ गतेसम्मका लागि स्थगित भएको हो ।

स्थायी सदस्य, पोलिटब्यूरो र कुनै पनि कार्य विभाजन नभएका बेला एकल तरिकाले निर्णय गरेर पार्टीलाई धरासायी बनाएको भन्दै नेपाल पक्षले संस्थापन पक्षको विरोध गर्दै आएको छ ।

मन्त्रीबाट कर्ण थापा र भीम आचार्यलाई बर्खास्त गरी अरु मन्त्री थप्नुको कारण नेता नेपालले माग गरेको केन्द्रीय सदस्य बिजय गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment