Comments Add Comment

शाहरुखले ‘ह्याप्पी न्यु इयर’को सिक्वेल बनाउने

 

Happy-New-Year-is-the-Ultimate-Bollywood-Film
मुम्बइ । शाहरुख अभिनित पछिल्लो फिल्म ‘ह्याप्पी न्यु इयर’ सय करोड क्लबमा प्रवेश गरेपछि अभिनेता खानले यसको सिक्वेल बनाउने घोषणा गरेका छन् । फिल्मको नाम ‘इण्डियावाले’ हुनेछ भने निर्देशन फराह खानले नै गर्नेछिन् ।
फिल्मको ब्यापारवाट निकै उत्साहित शाहरुखले जति नै धेरै ब्यापार गरेपनि अब सिल्भर जुब्ली टाढाको कुरा भएको बताए । ‘अब सिल्भर जुब्ली सम्भव छैन । हरेक मान्छेले पहिलो हप्तामै फिल्म हेरिसक्छन् ।’ उनले भने ।
अहिले राम्रा हिन्दी फिल्म एकैपटक विश्वभरका शहरमा ६ हजार पर्दावाट रिलिज हुने गरेको छ । साथै उनले हिन्दी फिल्मलाई अन्तराष्ट्रिय बजारमा स्थापित गर्ने योजना रहेको बताए । उनी भन्छन ‘म हिन्दी फिल्मलाई विश्वबजारमा स्थापित गराउन चाहन्छु ।’
अभिषेक बच्चनको निकै तारिफ गरे शाहरुखे । ‘अभिषेक मात्रै यस्ता कलाकार हुन् जसको लगातार तीन फिल्म बोल बच्चन, धुुम थ्री र हेप्पी न्यु इयर सय करोड क्लबमा प्रवेश गरेको छ ।’
अभिषेकलाई बलिउड फिल्मको सर्वोत्कृष्ट कलाकारको उपाधी दिंदै शाहरुखे भने-‘कमेडीमा निपूर्ण कलाकार आफैंमा सम्पूर्ण कलाकार हो त्यसकारण म उनलाई मान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment