Comments Add Comment

पाँच विकास क्षेत्रमा क्रिकेट मैदान : कोईराला

sujata koirala१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले पाँचवटै विकास क्षेत्रमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउनुपर्ने बताएकी छन् ।

शुक्रबार राजधानीमा सन्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले लीग डिभिजन थ्री क्रिकेटको उपाधि विजेता नेपाली क्रिकेट टोलीलाइ बधाई दिदै सबै विकास क्षेत्रमा एक-एक वटा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउनुपर्ने बताएकी हुन् ।

पर्याप्त स्रोत र साधनको अभावका बीच पनि नेपाली क्रिकेट टोलीले मलेसियामा आयोजित आईसीसी क्रिकेट लीग डिभिजन थ्रीको उपाधि कब्जा गरेकोमा खुसी व्यक्त गर्दै कोइरालाले नेपाली क्रिकेट टोलीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment