Comments Add Comment

नेपाली क्रिकेट टोली मध्यान्ह स्वदेश फर्कँदै

Nepal Vs Uganda final (31)
१४ कात्तिक, काठमाडौं । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-३ च्याम्पियन नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कदै छ ।
नेपाली राष्ट्रिय टोली मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्ने नेपाल क्रिकेट संघ /क्यानले जनाएको छ । मलेसियामा बुधबार भएको फाईनल खेलमा युडान्डालाई ६२ रनले पराजित गर्दै नेपाल डिभिजन-३ को च्याम्पियन बनेको हो ।
नेपालले ईतिहाँस दोहोर्‍याउदै दोस्रो पटक डिभिजन थ्रीको उपाधी आफ्नो पोल्टामा पारेको हो । यसअघि सन् २०१३ मा बर्मुडामा भएको डिभिजन थ्रीको फाईनलमा पनि युगान्डालाई ६ विकेटले पराजित गर्दै नेपाल विजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment