Comments Add Comment

कम्पनी दर्ता गर्न अब पूर्वाञ्चलवासीले काठमाडौं धाउनु नपर्ने

company
१४ कात्तिक, बिराटनगर । सरकारले पहिलोपटक कम्पनी रजिष्ट्रारको कार्यालयको शाखा काठमाडौं बाहिर बिराटनगरमा खोलेको छ । तर, यो  सरकारी कार्यालय व्यापारीको लगानीमा खोलिएको छ ।
कार्यालय उदघाटन गर्न विहीबार बिराटनगर आएका उद्योगमन्त्री महेश बस्नेतले सरकारसँग पैसा नभएकाले निजी क्षेत्रको सहयोगमा  सरकारी कार्यालय खोल्नुपरेको बताए ।
उद्योग संगठन मोरङको आर्थिक सहयोगमा कम्पनी रजिष्ट्रार कार्यालयको पूर्वाअचल सेवा प्रवाह इकाई सञ्चालनमा आएको हो । उद्योग संगठन मोरङले आवश्यक दुई थान कम्प्युटर, प्रिन्टर र स्क्यानर सहयोगस्वरुप प्रदान गरेको छ ।
संगठनले सरकारलाई तीन महिनाको इन्टरनेट सेवाको बिलसमेत भुक्तानी गर्ने संगठनका अध्यक्ष शिवशंकर अग्रवालले जानकारी दिए ।
घरेलु तथा साना उद्योग कार्यालयको भवनमा सञ्चालनमा ल्याइएको रजिष्ट्रारको कार्यालयबाट उद्योगहरु कम्पनीको कार्यालयमा दर्ता, खारेज एवं कम्पनीको प्रशाशनिक कार्य सम्पादन गरिने रजिष्ट्रार शंकर आर्चायले जानकारी दिए ।
कार्यालय सञ्चालनका लागि हाल एकजना रजिष्ट्रार र घरेलु तथा साना उद्योग कार्यालयका एक कर्मचारी सहयोगीका रुपमा रहने छन् ।
यसअघि कम्पनी दर्ता गर्नुपर्दा देशैभरिका उद्योगीले काठमाडौंमै आउनुपर्ने व्यवस्था थियो । अबदेखि पूर्वाञ्चलबासीले काठमाडौं नआई बिराटनगरबाटै सेवा पाउने बताइएको छ ।
तर, देशका अन्य दुरवर्ती जिल्लाबासीहरु भने काठमाडौंमै धाउन बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment