Comments Add Comment

सुनको भाउ ७ सय घट्यो, साढे ५० हजारमा कारोबार

१४ कात्तिक, काठमाडौं । सुनको भाउ निरन्तर घट्ने क्रममा शुक्रबार पुनः ७ सय रुपैयाँ घटेको छ । बिहीबार पनि सुनको भाउ Goldतोलामा ४ सय रुपैयाँ घटेर किनबेच भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ५० हजार ५ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावाल सुन तोलाको ५१ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको थियो ।

त्यसैगरि, तेजाबी सुनको भाउ पनि तोलामा ७ सय रुपैयाँ घटेर ५० हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ पनि शुक्रबार तोलामा २७ रुपैयाँ घटेको महासंघले जनाएको छ । बिहीबार तोलाको ७ सय २२ रुपैयाँ रहेको चाँदी शुक्रबार ६ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment