Comments Add Comment

शान्ति नेपाली समाज बेलायतको देउसीभैलो

Deusi_1बेलायत । शान्ति नेपाली समाज बेलायतको अयोजनामा देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । औसीदेखि खेलिएको देउसीभैलो कार्यक्रम वेस्ट ब्रम्वीचबाट सुरू गरेर स्मेटवीच हुदै किंगस्टान्डिङ, शोहो रोड, यार्डली, उल्भरह्याम्टन, कभेन्ट्री, रूग्वी, म्याक्लेसफिल्ड, मालवर्न, वरसेस्टर, ब्रिस्टोलसम्म प्रायः सबै नेपालीहरूको घरदैलोमा पुगेर तीनदिनसम्मको खेलिएको थियो ।

देउसीभैलो टोलीले नाचगान गर्दै रमाइलो देउसीभैलोका चुट्किला गाउने, विभिन्न पौराणिक कथाहरू भट्याउदै तिहारको परम्परा र महत्वलार्इ दर्शाउदै खेलिएको कार्यक्रमका संयोजक काशीनाथ शर्माले बताए । घरघरबाट देउसीभैलो टोलीलाइ स्वागत गरि सेलरोटी, चामल, पैसा, फूल, फलफूल सिदाराखी देउसेलाइ विदा गर्ने र आर्शिवाद लिने काम पनि गरेका थिए ।

कर्यक्रममा काशीनाथ शर्मा, कृष्ण ढकाल, ठाकुर ज्ञवाली, मीना न्यौपाने, पार्वती भण्डारी, सरला खत्री, जय सापकोटा,  नारायण बूढाथोकी, मुक्त अधिकारी, भोजराज भण्डारी , रामप्रसाद खरेल, भक्त खत्री, गोकर्ण हुमागाइँ, लीला थापा, टीका भण्डारी, मधु उपाध्याय, तुल खत्री, अशोक भट्टराई, सुनिता भट्टराई, राधिका सापकोटा, रामप्रसाद न्यौपाने, सनुजा सापकोटा, सगर सापकोटा, समिर सापकोटा, झबिन्द्रलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपालीहरूको घरघरमा मात्रै नभएर बेलायतमा ब्यापार गरेर बस्ने नेपाली ब्यापारीहरू  हरी न्यौपाने, नेत्रराज गिरीले आफै निम्प्तो दिएर देउसीभैलो टोलीलाई आमन्त्रण गरी आशिर्बाद लिएका थिए । तीनदिनसम्म चलेको कार्यक्रममा करिब ७० घरबाट £२३२८.५२ आर्थिक संकलन भएको संयोजक शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment