Comments Add Comment

बिष्णुमायाँ परियारको ”अछुत”अमेरिकन विश्वविद्यालयमा

bishnu 1भर्जिनिया । महिला अधिकारकर्मी डा. बिष्णुमायाँ परियारको जीवनमा आधारित वृतचित्र “अछुत” अमेरिकाको बोस्टनस्थित पाइन् म्यानर कलेजमा प्रदर्शन गरिएको छ ।

१५ मिनेटको उक्त वृतचित्रमा सामाजिक कार्यकर्ता डा. बिष्णु माया परियारले आफ्नो बाल्यकालमा भोगेका पीडा, व्यथा र कथा वृत्तचित्रमा समेटिएको छ ।

वृत्तचित्र प्रदर्शनी कार्यक्रममा डा परियारले बोल्दै नेपालमा जाति र लिङ्गको आधारमा विभेदको पद्धति गलत रहेको र अफूले यो पद्धतिलाई परिवर्तन गर्ने उदेश्य बनाएको बताइन् ।

उक्त वृतचित्र निकोल्सन बिशिष्ठ उपदेश शृंखला कार्यक्रम अन्तर्गत समाबेश गर्दै बिश्व बिद्यालयले डा. परियारलाई अतिथि प्रवक्ताको रुपमा निम्त्याएको थियो ।

 उनले केवल १९ बर्षमा एड्वन (इम्पावर दलित वुमेन अफ नेपाल) खोलेको चर्चा गर्दै केवल १५० डलरबाट एक बिदेशी महिलाले दिएको रकमबाट स्थापना गरेको संस्था तेह्र  हजार भन्दा बढी बालबालिकालाई शिक्षा दिन सफल भएको बताइन् ।

 सो संस्थाले नेपालको सात जिल्लामा सशक्तिकरण कार्यक्रमसमेत सञ्चालन गरेको छ । कलेजका बिद्यार्थीहरुलाई उत्प्रेरणा मिलोस भन्दै सो वृतचित्र देखाईएको थियो ।

 सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी परियार सशक्त दलित महिला नेपाल, बोस्टन, अमेरिकाकी संस्थापक तथा गैरआवासीय नेपाली संघकी महिला सशक्तिकरण बिभागकी सभापतिसमेत छिन् । परियारलार्इ सन् २००४ मा स्नातक तथा २०१३ मा सामाजिक सेवामा अतुलनिय काम गरेवापत् बिद्यावारिधि प्रदान गरिएको थियो ।

विजय थापाबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment