Comments Add Comment

सांग्रिला बैंक ११औं वर्षमा, रगत र आँखा दान कार्यक्रम सम्पन्न

१४ कात्तिक काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक ११औं वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले केन्द्रिय कार्यालयमा आयोजना गरेको आँखादान कार्यक्रममा ४० जनाले आँखादान गरेका छन् ।

त्यसैगरि, बैंकका अन्य ९ वटा शाखा कार्यालयमा २ सय ९० जनाले रक्तदान गरेको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

साविकको पोखराको सांग्रिला डेभलपमेन्ट बैंक र साविकको नेपालगञ्जको बागेश्वरी डेभलपमेन्ट बैंक मर्ज भएपछिको यो पहिलो वाषिर्कोत्सव हो ।

बैंकले विभिन्न ग्रामिण क्षेत्रका विपन्न वर्गका व्यक्तिहरुलाई बिनाधितो लघुवित्त कर्जा समेत प्रदान गरिरहेको पौडेलले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment