Comments Add Comment

हिमालय फाउण्डेसनद्वारा विद्यालय भवन निर्माणमा सहयोग

Rahat

१३ कात्तिक, काठमाडौं । अमेरिकामा बसोवास गर्ने नेपालीहरुको सामाजिक संस्था हिमालयन फाउण्डेसन कर्प अमेरिकाले सिन्धुपाल्चोकको दुवाचौर-१ स्थित ज्योति भञ्याङ निमावीलाई आर्थिक तथा भौतिक सहयोग गरेको छ ।

संस्थाको १९ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्मित विद्यालयको ८ कोठे पक्की भवनको मंगबार अमेरिकी व्यवसायी मार्टिन नेमेकले उद्घाटन गरे । उक्त अवसरमा विद्यालयलाई कप्युटर, प्रोजेक्टर, पुस्तकलगायतका शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको छ ।

फाउन्डेसनले अमेरिकामा रहेका नेपाली, अमेरिकनबाट सहयोग संकलन गरी शैक्षिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले बताए ।

आफुहरुले सानो सहयोग गर्दा पनि दुर्गम क्षेत्रका ठुलो राहत हुने भएकाले संस्थाले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा आफुहरुको सहयोग जारी रहने उनले जानकारी दिए ।

संस्थाले यसअघि पनि सिन्धुपाल्चोकको बालसुधार माध्यमिक विद्यालयमा शौचालय र पर्खाल निर्माणका लागि सहयोग गर्नुका साथै विद्यालयमा कप्युटरलगायतका पुस्तक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment