Comments Add Comment

संसदमा कांग्रेस-एमाले र राप्रपा नेपालका सभासदबीच चर्काचर्की

१४ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा सत्तारुढ कांग्रेस-एमाले र विपक्षी राप्रपा नेपालका सभासदहरुबीच भनाभन भएको छ ।

हिन्दु राज्यको माग गर्दै रत्नपार्क शान्तिकाटिकामा धर्नामा बसेकाहरुलाई हटाएको विरोधमा संसद अवरुद्ध पारेका राप्रपाका सभासदहरुले गृहमन्त्रीलाई भ्रष्टाचारी भनेपछि कांग्रेस-एमालेका सभासदले प्रतिवाद गरे । सभासदहरुबीच चर्काचर्की भएपछि सभामुखल संसद बैठक आइतबारसम्मका लागि स्थगित गरेका छन् ।

शुक्रबार दोस्रो पटक बसेको बैठक सुरु हुनासाथ गृहमन्त्री वामदेव गौतमले समय मागे । चर, राप्रपा नेपालका सभासदहरु विरोध गर्दै रोष्टम घेराउ गर्न अघि बढे ।

तर, कांग्रेस र एमालेका सभासदहरुले गृहमन्त्री र आफूहरुलाई बोल्न दिन माग गरेपछि संसदभित्र सभासदहरुबीच चर्काचर्की भएको थियो ।

शुक्रबारको पहिलो बैठक पनि राप्रपा नेपालले गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै अबरुद्ध पारेका थिए । बैठक शुरु भएलगत्तै विशेष समय लिएर बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राज्य माग्नेहरुलाई जबरजस्ती हटाएर सरकारले हिन्दुहरुको भावनामा चोट पुर्‍याएको बताए । उनले गृहमन्त्रीले जवाफ नदिए संसद अवरुद्ध गर्ने चेतावनी दिए ।

लगतै गृहमन्त्री वामदेव गौतमले जवाफ दिए । साक्षत महादेव जसरी बन्चरो र खुकुरी बोकेर जुलुसमा सहभागी भएकाले भन्दै उनले भने-‘सरकारलाई ध्यानाकर्षण गराउने पनि तरिका हुन्छ । जर्वजस्ती विचचार लाद्न पाइँदैन ।’

गृहमन्त्री गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा नेपालका सभासदहरुले गृहमन्त्री मुर्दावाद भन्दै संसदमा नारा लगाए । गृहमन्त्री मुर्दावाद भन्दै लगाएको नारा अशोभनीय भएको भन्दै सभामुखले ध्यानाकर्षण गराए । तर, राप्रपा नेपालका सभासदहरुले रोष्टम घेर्दै संसद बैठक अवरुद्ध पारेका छ ।

राप्रपा नेपालका अध्यक्ष थापाले शुक्रबार विहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर पनि हिन्दुराष्ट्र कायम हुनुपर्ने माग गर्दै धर्नामा बसेकामाथि प्रहरीले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका थिए ।

वैदिक सनातन हिन्दुराष्ट्र नेपालले गत बैशाख महिनादेखि हिन्दु राष्ट्रको माग राख्दै शान्तिवाटीकामा रिले अनसन गर्दै आएको थियो । अनशनकारीलाई बुधबार प्रशासनले हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment