Comments Add Comment

नेपाललाई एक दिवसीयको मान्यता दिलाउँछौं : खेलकुद मन्त्री

१४ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाललाई एक दिवसीय क्रिकेटको मान्यता दिलाउन सरकारले ध्यान केन्द्रित गर्ने बताएका छन् ।

PURUSHOTTAM-PAUDELनेपालमै अन्तर्राष्ट्रियस्तरको ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारीमा सरकार रहेको जानकारी पनि उनले दिए ।

शुक्रबार राजधानीमा भएको साक्षात्कारमा खेलकुद मन्त्री पौडेलले भने, ‘सरकारको अबको क्रिकेट फोकस भनेकै एक दिवसीय मान्यता दिलाउनु हो, त्यसैले अब सबै गतिविधि त्यसैमा केन्द्रित गर्छौं ।’

मन्त्री पौडेलले नेपाली क्रिकेट टोलीलाई अझै बलियो बनाउन एक र दुई दिवसीय अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने बताए । नेपालमै अन्तराष्ट्रियस्तरको ट्वान्टी-ट्वान्टी प्रतियोगिता आयोजना गर्ने तयारीमा सरकार रहेको उनले बताए । बंगलादेशको राष्ट्रिय टोली र नेपाली राष्ट्रिय टोलीबीच मैत्रिपूर्ण खेल आयोजना गर्ने अन्तिम तयारी भईरहेको जानकारी समेत उनले दिए ।

मुलपानी, त्रिभुवन विश्वविद्यालय र पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन सरकार लागिपरेको भन्दै उनले मुलपानीको जग्गा विवाद पनि तत्काल समाधान गर्न सरकार लागेको बताए । उनले भने, ‘भारतले पनि एउटा स्टेडियम बनाउन सहमति जनाएकोले सरकारले जग्गाको टुङ्गो लगाएर प्रस्ताव गर्दैछ ।’

‘क्रिकेट संघको नेतृत्व सक्षम भएन’

नेपाली क्रिकेटको ईतिहास छोटो भए पनि डिभिजन दुईमा उक्लिएर महत्वपूर्ण फड्को मार्न सफल भएकोमा उनले खुसी व्यक्त गरे । तर नेपाल क्रिकेट संघको ब्यवस्थापन र नेतृत्व क्षमता कमजोर भएको उनले आरोप लगाए । ‘नेपाल क्रिकेट संघको नेतृत्व क्षमता कमजोर भएकोले क्रिकेट विकासमा समस्या उत्पन्न भएको छ,’ साक्षात्कारमा मन्त्री पौडेलले भने ।

क्रिकेटमा ईतिहास बनाउने खेलाडीहरुलाई उनीहरुको आवश्यकता अनुसार सहयोग गर्न सरकार तयार रहेको उनले बताए । यसपटक पनि सरकारले खेलाडीहरुलाई पुरस्कृत गर्ने उनले जानकारी दिए । त्यसको लागि मन्त्रिपरिषदबाट  छिट्टै निर्णय गराउने मन्त्री पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment