Comments Add Comment

डिभिजन थ्री च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता

cricket team1 (5)१४ कात्तिक, काठमाडौं । मलेसियामा आयोजित आईसीसी क्रिकेट लीग डिभिजन थ्री प्रतियोगिताको उपाधी जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलाडीहरूको भव्य स्वागत गरिएको छ ।

खेलाडी तथा प्रशिक्षकको स्वागतको लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघका पदाधिकारी, क्रिकेट खेलप्रेमीहरु विमानस्थल पुगेका थिए । राखेप सदस्य सचिव युवराज लामा आफै विमानस्थल पुगेका थिए ।

cricket team1 (3)राष्ट्रिय झण्डा र फूलमाला सहित विमानस्थल पुगेका क्रिकेट खेलप्रेमीहरुले नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन माग गर्दै नारा लगाएका थिए । उनीहरूले ‘डिभिजन टु पाइयो क्रिकेट मैदान चाहियो’, ‘यो जित कस्को नेपालको’ जस्ता नारा लगाएका थिए ।

कप्तान पारस खड्काले डिभिजन थ्रीको उपाधी हातमा उचालेर विमानस्थलको मुख्य भवनबाट बाहिरिदै गर्दा खेलप्रेमीहरूको उत्साह बेग्लै देखिन्थ्यो । प्रहरीको सुरक्षा घेरामा राखेर खेलाडीहरूलार्इ नक्शालस्थित होटेल क्राउन प्लाजामा लगेर राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment