Comments Add Comment

जग्गा माग्दै सदरमुकाममा सुकुम्वासीको र्‍याली

१४ कात्तिक, कञ्चनपुर । कन्चनपुरका भूमिहीनहरुले शुक्रबार सदरमुकाम भीमदत्तनगरमा विरोध र्‍याली प्रदर्शन गरेका छन् ।

सुकुम्बासी समस्या समाधान आयोगले सुकुम्बासी परिवारलाई सहरी क्षेत्रमा १२ धुर र ग्रामीण क्षेत्रमा पाँच  कठ्ठा जग्गा उपलब्ध गराउने निर्णयको विरोध गर्दै भूमिहीनहरु विरोधमा उत्रिएका हुन् ।

जिल्ला सदरमुकाम र सहरी क्षेत्रमा एक कठ्ठा र ग्रामीण क्षेत्रमा कम्तीमा १० कठ्ठा जग्गा पाउनुपर्ने उनीहरुको माग छ ।

नर्सिङ क्याम्पस अगाडिबाट सुरु भएको विरोध र्‍यालीले मालपोत कार्यालय, नापी कार्यालय, वन, कृषि, जिल्ला विकास समिति, जिल्ला प्रशासन हुँदै महेन्द्रनगर बजार परिक्रमा गरेको थियो । र्‍यालीपछि भुमिहीनहरु जिल्ला विकास समितिको कार्यालय अगाडि धर्नामा बसेका थिए ।

राष्ट्रिय भूमिअधिकार मञ्च कञ्चनपुरका उपाध्यक्ष रामबहादुर चुनाराले माग सम्वोधन नभए आउँदो १६ गते सुकुम्बासी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरी आयोगका सम्पूर्ण काम कारबाही ठप्प पार्ने चेतावनी दिए ।

विरोध र्‍यालीमा राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल, अखिल नेपाल सुकुम्बासी संघ, नेपाल सुकुम्बासी संघ र बाढीपीडित संघर्ष समिति सिम्रीले ऐक्यबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment