Comments Add Comment

बन्ने भो ‘द बुक अफ मुनिया’

the-book-of-muniya

केबी ओली, नेपालगञ्ज

अवधी समुदायका बालिकाहरुको बिषयबस्तुमा आधारित चलचित्र ‘द बुक अफ मुनिया’ भोली शनिबार देखि छायांकन हुने भएको छ । बाँकेको बनकटी गाविसको विभिन्न ठाउँहरुमा चलचित्रको छायांकन हुन लागेको निर्माता रवी पटेलले जानकारी दिएका छन् । यो सिनेमालाई हारुन अलीले निर्देशन गर्न लागेका हुन् ।

अवधी समुदायहरुमा बालिकाहरुले विवाह पश्चात परिवारबाट झेल्नुपर्ने समस्या, उनीहरुका चाहाना तथा समस्याका विराकल रुपलाई चलचित्रमा देखाउन खोजिएको छ । निर्देशक अलीका अनुसार नेपालमै पहिलो पटक अवधी भाषामा निर्माण हुन लागेको चलचित्र व्यवसायिक चलचित्र भन्दा फरक हुनेछ ।

चलचित्र ‘ढुवानी’मा अभिनय गरिसकेकी आरती बर्मा, प्रकाश नेपालीका साथै कलाकार बिरेन्द्र यादव, अभिन्दन सोनीको मुख्य अभिनय रहने यो चलचित्रबाट  भीष्म लोध प्रमुख कलाकारको रुपमा डेब्यु गर्दैछन्  ।

अर्थवाइल्ड फिल्म कम्पनीको व्यानरमा निर्माण हुन लागेको चलचित्र निर्माण साझेदारीमा मितेरी थिएटर रहेको छ । १० लाखको लगानीमा बन्न लागेको चलचित्रको छायांकन १० दिनमा पुरा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment